काठमाडौं- गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गर्न नयाँ नियम जारी गरेको छ। मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिम बढेको अवस्था हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिचयपत्र खारेज गरिएको जनाएको छ।
कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्नेसमेत सूचनामार्फत जनाएको छ।
मन्त्रालयले बुधबार जारी गरेको सूचनामा सरसफाइसँग सम्बन्धित व्यक्तिहरुका लागि यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइने जनाइएको छ।