बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै हुलास फिनसर्भ, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

सोमबार, असोज ७ २०८१
सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै हुलास फिनसर्भ, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

साधारण सेयर निष्कासनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

काठमाडौं- हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि २० लाख ७६ हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

उक्त साधारण सेयर निष्कासनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

असोज ६ गते हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष शेखर गोल्छा र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैरबैंकिङ वित्तीय कम्पनी हो। यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : सोमबार, असोज ७ २०८११५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend