बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एकदिनको वृद्धिपछि पुन: ओरालो लाग्यो सेयर बजार, ५९ अंकले घट्दा ५ अर्ब ६६ करोडको कारोबार

सोमबार, असोज ७ २०८१
एकदिनको वृद्धिपछि पुन: ओरालो लाग्यो सेयर बजार, ५९ अंकले घट्दा ५ अर्ब ६६ करोडको कारोबार

पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ।

काठमाडौं- साताको पहिलो कारोबारमा सामान्य बढ्दै उचाइतर्फ लागेको सेयर बजार सोमबार पुन: ओरालो लागेको छ।

आइतबार ११.५८ अंकले बढेर २५८८.३५ बिन्दुमा पुगेको बजार सोमबार भने ५९.०२ अंकको गिरावटसँगै २५२९.३३ बिन्दुमा ओर्लिएको छ। १४ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ५ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएको छ।

सोमबार २ सय २९ कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।

भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार गएको साता बुधबार असोजको पहिलो कारोबारमा वृद्धितर्फको अपेक्षाविपरीत सामान्य ओरालो लागे पनि यो साताको पहिलो कारोबार भने उचाइतर्फ लागेको थियो।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौको अन्तिम कारोबारमा गएको सोमबार २५८०.७६ बिन्दुमा झरेको थियो।

असोजमा उचाइतर्फ फर्कने आँकलन भइरहँदा बजार धिमा गतिमा नै देखिएको छ। असोज चाडबाडको महिना भएकाले पनि बजारको गति आँकलन गर्न सहज छैन।

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा लगानीकर्ताले राखेका छन्। बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्।

बजार 'बाउन्स ब्याक' हुने अवस्था रहेको विश्लेषकहरूले बताइरहँदा आधार भने यकिन छैन। अहिलेको अवस्थामा बजारप्रति लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन्।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने संकेतहरू रहेको विश्लेषकहरूले बताइरहेका छन्। तर सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार अपेक्षाकृत उचाइतर्फ बढ्न सकेको छैन। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। 


प्रकाशित : सोमबार, असोज ७ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend