सोमबार, असोज ७ गते २०८१    
images
images

माल्दिभ्स पठाइदिन्छु भन्दै पाँच लाख रूपैयाँ ठगी

images
सोमबार, असोज ७ २०८१
images
images
माल्दिभ्स पठाइदिन्छु भन्दै पाँच लाख रूपैयाँ ठगी

पाँच लाख लिएर सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images
images

बर्दिया बढैयाताल गाउँपालिका-१ घर भइ काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४३ वर्षीय नरेन्द्र कुमार वलीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

वलीले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा उनलाई काठमाडौं टोखा नगरपालिका-३ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

images


प्रकाशित : सोमबार, असोज ७ २०८११२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend