सोमबार, असोज ७ गते २०८१    
images
images

अमेरिकन डलर देखाएर ठगी गर्ने तीनजना पक्राउ

images
सोमबार, असोज ७ २०८१
images
images
अमेरिकन डलर देखाएर ठगी गर्ने तीनजना पक्राउ

उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- अमेरिकन डलर देखाएर ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने सर्लाहीका ३० वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोकका २० वर्षीय सुनबहादुर तामाङ र सिन्धुपाल्चोककै २९ वर्षीय भीमबहादुर तामाङ रहेका छन्।

भक्तपुर चाँगुनारायणबाट एकजना पीडितलाई गत भदौ २८ गते अमेरिकन डलर देखाएर नेपाली नगद साट्दा फाइदा हुने भन्दै  प्रलोभनमा पारी ४० लाख रूपैयाँ नगद ठगी गरी फरार रहेका उनीहरुलाई प्रहरीले जडिबुटीबाट शुक्रबार पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले अमेरिकन डलर साट्ने भन्दै गत असोज २ गते कलंकी बस्ने धादिङका एकजना पीडितलाई काठमाडौं स्युचार बोलाएर ७ लाख रूपैयाँ, टौखेलबाट गत भदौ ३१ गते चितवन घर भएका एकजना पीडितबाट नगद ५ लाख रूपैयाँ, सूर्यविनायकबाट गत साउन २० गते बागबजार बस्ने एकजना पीडितबाट १० लाख रूपैयाँ र गठ्ठाघरबाट गत चैत १३ गते तार्केश्वर बस्ने एकजना पीडितबाट २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

images

उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : सोमबार, असोज ७ २०८११२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend