मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

images
सोमबार, असोज ७ २०८१
images
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्लाको चार गाउँपालिका हिमा, सिञ्जा, कनकासुन्दरी, पातारासी र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा गरिएको हो।

images
images

जुम्ला- यहाँका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन्। जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा गरिएको हो।

images
images
images

साक्षर घोषणा गर्न तोकिएका १२ सूचक पूरा भएपछि साक्षर घोषणा गरिएको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। सिञ्जामा ९६ दशमलव दुई प्रतिशत नागरिक साक्षर रहेका छन्।

images
images

गाउँपालिकाबाट शिक्षा शाखा प्रमुख शंकर धितालले भने, 'जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भए पनि वडागत रुपमा संकलन गरिएको तथ्यांकले साक्षर पालिका घोषणायोग्य देखिएपछि पालिकालाई साक्षर घोषणा गरिएको छ।'

images
images

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्नसक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावना व्यक्त गर्नसक्ने जस्ता सूचक पूरा भएपछि सिञ्जालाई साक्षर घोषणा गरिएको शिक्षा शाखा प्रमुख धितालको भनाइ छ । 

हिमाको कूल १२ हजार आठ सय जनसङ्ख्यामध्ये  १२ हजार दुई सय ५६ जना अर्थात् ९६ दशमलव पाँच प्रतिशत नागरिक साक्षर छन्। शिक्षक, सामाजिक परिचालक र कर्मचारी साक्षर नागरिकको तथ्यांक संकलनका लागि गाउँबस्तीमै पुगेर पालिकाको साक्षरदर सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको भनाइ छ।

चन्दनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईँले कुल २१ हजार ३६ जनसङ्ख्या रहेको नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत नागरिक साक्षर रहेको जानकारी दिए गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसङ्ख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने तीनसय ८० जना मात्रै भेटिएका थिए।

उक्त व्यक्तिलाई साक्षर बनाएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको चन्दननाथको शिक्षा शाखाले जनाएको छ। पातारासीमा ९५ दशमलव २४ प्रतिशत नागरिक साक्षर रहेका छन्।

साक्षर घोषणा गर्न तोकिएका १२ मध्ये ६ वटा सूचक पूरा भएपछि साक्षरता घोषणा गर्न मिल्ने प्रावधानअनुसार स्थानीय तहलाई साक्षर घोषणा गरिएको पातारासीका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।

यहाँको कनकासुन्दरीभित्रका ९७ प्रतिशत नागरिक साक्षर रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द भण्डारीले बताए। तोकिएका १२ सूचकमध्ये ५० प्रतिशत सूचक पूरा भएपछि साक्षर पालिका घोषणा गर्न मिल्ने ऐनअनुसार यहाँका स्थानीय तह धमाधम साक्षर घोषणा भइरहेका छन्। रासस


प्रकाशित : सोमबार, असोज ७ २०८१११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend