मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

सात करोड लागतमा पेडारी खोलामा पुल बन्दै

images
सोमबार, असोज ७ २०८१
images
सात करोड लागतमा पेडारी खोलामा पुल बन्दै

कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको संयुक्त प्रयासमा सात करोड रूपैयाँ लागतमा पक्की पुल निर्माणको पहल भएको हो।

images
images

बाँके- पेडारी खोलाको पुलले दुर्गम गाउँ र सहरलाई जोड्ने भएको छ। कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई जोड्ने कोहलपुर नगरपालिका वडा नं १५ मा निर्माण हुन लागेको पुलले स्थानीयलाई आवतजावत गर्न सहज हुने कोहलपुर-१५ का वडाध्यक्ष दीपेन्द्रकुमार चौधरीले जानकारी दिए।

images
images
images

उनले बैजनाथका मर्चरा, गुरुवागाउँ र पेडारी गाउँलाई कोहलपुर बजारसँग जोड्ने उल्लेख गर्दै २०६३ सालदेखि पुल बनाउने सपना बल्ल साकार हुन लागेको बताए।

images
images

निर्माणाधीन पुलले स्थानीयका अन्नपात बेचबिखन गर्न सहज हुने बताउँदै वडाध्यक्ष चौधरीले लामो समय लगाएर घुमेर कोहलपुर बजार जानुपर्ने अवस्थाको अन्त्य हुने बताए। कोहलपुर र बैजनाथका जनप्रतिनिधिको निरन्तर प्रयासका कारण संघीय सरकारको बजेटबाट सो पुलको निर्माण सुरु गरिएको कोहलपुर-१५ का वडाध्यक्ष चौधरीले बताए। कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको संयुक्त प्रयासमा सात करोड रूपैयाँ लागतमा पक्की पुल निर्माणको पहल भएको हो।

images
images

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर बजारलाई जोड्ने पक्की पुल नहुँदा कोहलपुर-१५ र बैजनाथ-५ र ७ का स्थानीयले सास्ती झेल्नुपरेको उल्लेख गर्दै पुल निर्माण भएपछि स्थानीयले झेल्नुपरेको सास्तीको अन्त्य हुने बताए।

उनले पुल नहुँदा वर्षाको समयमा बालबालिका पढ्न नपाउने, खेती गरेका किसानले आफूले लगाएको बालीसमेत लिन नपाउनेलगायत विभिन्न सास्ती भोग्नुपरेको उल्लेख गरे।

प्रमुख आचार्यले आफूले निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धता पूरा गरेकामा खुसी व्यक्त गर्दै पुल निर्माणपश्चात कोहलपुर र बैजनाथका ग्रामीण भेगका स्थानीय प्रत्यक्ष लाभान्वित हुने बताए।

बैजनाथ गाउँपालिका-७ का वडाध्यक्ष दिनेश थारूले लामो समयदेखि स्थानीय जनताको मागअनुसार पुलको निर्माण सुरु हुनु यस क्षेत्रको विकासका लागि गौरवको विषय भएको बताए। रासस


प्रकाशित : सोमबार, असोज ७ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend