सोमबार, असोज ७ गते २०८१    
images
images

घरजग्गा कारोबारमा देखिएन सुधार, बैंकिङ प्रणालीमा निक्षेप थुप्रिएर ब्याजदर घट्दा पनि काराेबार ओरालाेतिरै

images
सोमबार, असोज ७ २०८१
images
images
घरजग्गा कारोबारमा देखिएन सुधार, बैंकिङ प्रणालीमा निक्षेप थुप्रिएर ब्याजदर घट्दा पनि काराेबार ओरालाेतिरै

बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ७८.७९ प्रतिशत रहेको छ। यस्तै अन्तरबैंकिङ ब्याजदर ३ प्रतिशत रहेको छ। तर पनि घरजग्गा कारोबारमा भने सुधार हुन सकेको छैन।

images
images

काठमाडौं- घरजग्गा कारोबार भदौमा पनि सुस्त देखिएको छ। गत साउनमा पनि बढ्न नसकेको कारोबार भदौमा पनि ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकले केही लचिलो नीति लिँदा पनि घरजग्गा कारोबार भने सुस्त देखिएको छ।

images
images
images

पछिल्लो तीन वर्षदेखि नै बढ्न नसकेको घरजग्गा कारोबार चालुवर्षको सुरुदेखि नै बढ्ने अनुमान गरिएको थियो। तर त्यसअनुरुप कारोबार अघि बढ्न सकेको छैन। 

हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ। बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ७८.७९ प्रतिशत रहेको छ। यस्तै अन्तरबैंकिङ ब्याजदर ३ प्रतिशत रहेको छ। तर पनि घरजग्गा कारोबारमा भने सुधार हुन सकेको छैन। 

चालु आर्थिक वर्षको भदौ महिनामा घरजग्गाको कारोबार घटेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौमा देशभर कुल ३२ हजार ७ सय ९८ लिखत पारित भएको छ।

images

साउनको तुलनामा भदौमा घरजग्गा कारोबार २५ प्रतिशतले ओरालो लागेको हो। भदौमा ३ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको भदौमा ३ अर्ब ४ करोड राजश्व उठेको थियो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा ४३ हजार ८ सय ३५ घरजग्गा कारोबार भएको थियो। गतवर्षको भन्दा केही सुधार भएपनि यसलाई खासै सुधार मान्न सकिने अवस्था छैन। गतवर्षको साउनमा ३९ हजार २ सय ६३ घरजग्गा कारोबार भएको थियो। गत असारमा ४६ हजार २ सय ७९ लिखत पास भएको थियो। 

घरजग्गा कारोबारबाट साउनमा ३ अर्ब ८३ करोड ५० लाख राजश्व संकलन भएको थियो। गत असारमा ४ अर्ब ६१ करोड रुपैयाँ राजश्व संकलन भएको थियो। गतवर्ष साउनमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। 

‘कुनै पनि महिना खासै उत्साह देखिएको छैन, सोही क्रमको पनि निरन्तर हो,’ नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले भने। अहिलेकै अवस्थामा कारोबार बढ्न मुस्किल रहेको अध्यक्ष लोहनी बताउँछन्। ‘अहिले पनि लोन टू भ्यालु रेसियो अझ ५० प्रतिशत राखेसम्म समस्या हुन्छ, ७० प्रतिशत पुर्‍याउनुपर्छ’ अध्यक्ष लोहनीले भने।

भ्यालु ५० भनेपनि मार्केटको भ्यालु ३० मा आउने गर्दछ जसले समस्या पारेको लोहनी बताउँछन्। यता जोखिमभार पनि १०० प्रतिशतमा ल्याउन सकियो भने बजार चलायमान हुने अध्यक्ष लोहनी बताउँछन्।

आर्थिक वर्ष २०८०/८१ मा ५ लाख ४१ हजार ५ सय २ घरजग्गा कारोबार भएको थियो। त्यस्तै अघिल्लो २०७९/०८० मा ४ लाख ६३ हजार ३ सय २२ लिखत पास भएको थियो। गत आवमा अघिल्लो आवमा भन्दा ७८ हजार १ सय ८० बढी लिखत पास भएको छ। जुन १४.४३ प्रतिशतले बढी हो।


प्रकाशित : सोमबार, असोज ७ २०८१०७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend