मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

काकाविरुद्ध सौरभ ज्योतिले दायर गरेको मुद्दामा कारण देखाउ आदेश

images
बुधबार, पुस २८ २०७८
images
images
काकाविरुद्ध सौरभ ज्योतिले दायर गरेको  मुद्दामा कारण देखाउ आदेश

अन्तत: यो विवाद अदालतसम्म पुगेको छ। 

images
images

काठमाडौं- व्यवसायी सौरभ ज्योतिले आफ्नै काका रुप ज्योतिविरुद्ध दायर गरेको मुद्दामा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि विपक्षीलाई बोलाउने अन्तरकालीन आदेश जारी गरेको छ। 

images
images

न्यायाधीश किरण पौडेल र मिना गौतम सेडाईको इजलासले सौरभले अन्तरकालीन आदेश माग गर्दै दायर गरेको मुद्दामा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो। 

images
images

व्यावसायिक घराना ज्योति समूहमा सम्पत्ति माथिको स्वामित्वको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। केही समयअघि समूहका रुप ज्योति र पद्म ज्योतिबीच विवाद उत्पन्न भएको थियो। विवाद उत्कर्षमा पुग्दा गत वर्ष सार्वजनिक रूपमै एक अर्काबीच आरोप प्रत्यारोप भएको थियो। 

images
images
images

अन्तत: यो विवाद अदालतसम्म पुगेको छ। 

ज्योति समूहको स्वामित्वमा रहेका विभिन्न कम्पनी, त्यस्ता कम्पनीले चर्चेको जग्गा जमिनमाथिको स्वामित्वको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। 

patan.jpg


प्रकाशित : बुधबार, पुस २८ २०७८१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend