मंगलबार, चैत १२ गते २०८१    
मंगलबार, चैत १२ २०८१
images
images

दुई महिनामा ९४ अर्ब ५२ करोड रूपैयाँ सरकारी ऋण थपियो

images
आइतबार, असोज ६ २०८१
images
images
दुई महिनामा ९४ अर्ब ५२ करोड रूपैयाँ सरकारी ऋण थपियो

हालसम्मको कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ दशमलव ३२ प्रतिशत बराबर हो।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड रूपैयाँ सरकारी ऋण थपिएको छ।

images
images

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रूपैयाँ रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब ६२ करोड रूपैयाँ बराबर पुगेको छ। हालसम्मको कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ दशमलव ३२ प्रतिशत बराबर हो।

images
images

चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रूपैयाँ बराबर रहेकामा भदौ मसान्तसम्ममा बढेर १२ खर्ब ३५ अर्ब ९० करोड रूपैयाँ पुगेको छ। जीडीपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६६ प्रतिशत बराबर हो। यो दुई महिनामा सरकारले ९० अर्ब आन्तरिक ऋण उठाउँदा ३५ अर्ब रूपैयाँ बराबर ऋण तिरेको छ।

images
images

त्यस्तै, भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रूपैयाँ छ। चालु आवको सुरुवातमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रूपैयाँ बराबर थियो। पछिल्लो दुई महिनामा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा १४ अर्ब पाँच करोड रूपैयाँ खर्च गरेको छ भने यहि अवधिमा चार अर्ब ६७ करोड रूपैयाँ बराबर बाह्य ऋण थपेको छ। जीडीपीको तुलनामा बाह्य ऋण २२ दशमलव ६६ प्रतिशत बराबर हो।

चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ४७ अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा भदौ मसान्तसम्ममा एक खर्ब चार अर्ब पाँच करोड रूपैयाँ ऋण उठाइसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले जानकारी दिए।

वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति १८ दशमलव ६६ प्रतिशत बराबर हो।

चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब दुई अर्ब रूपैयाँ बजेट छुट्याएको छ। भदौ मसान्तसम्ममा ४७ अर्ब ७१ करोड ५१ लाख रूपैयाँ बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ। यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ११ दशमलव ८४ प्रतिशत बराबर हो। जीडीपीको आधारमा भदौ मसान्तसम्मको कुल ऋण सेवा खर्च शून्य दशमलव ८४ प्रतिशत बराबर हो। रासस


प्रकाशित : आइतबार, असोज ६ २०८११६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend