काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाटै पक्राउ परेका छन्।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको, विभिन्न क्षेत्रका व्यक्तिलाई लाञ्छना लगाउँदै चरित्र हत्या गरेको भन्दै उजुरी परेपछि साइबर ब्यूरोको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो।
विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ पुर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो।
व्यवसायी प्रसाईं बैंक तथा वित्तीय क्षेत्रका ऋण तिर्न नपर्ने भन्दै अभियानसमेत चलाउँदै आएका थिए।