शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

सहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग

images
आइतबार, असोज ६ २०८१
images
images
सहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग

महासंघका अध्यक्ष भेषराज लोहनीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसमक्ष निजी क्षेत्रलाई पनि ‘ल्यान्ड पुलिङ’ गर्न दिने कानूनी व्यवस्थाको आवश्यकता रहेको उल्लेख गर्दै सहरी विकास ऐनमा सो विषय समेट्न आग्रह गरे।

images
images

काठमाडौं- सहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग गरिएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीले आज सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी निजी क्षेत्रलाई एकीकृत जग्गा तथा आवास विकासको जिम्मेवार दिन माग गरेको उनको सचिवालयले जनाएको छ।

images
images

महासंघका अध्यक्ष भेषराज लोहनीले कार्यवाहक प्रधानमन्त्री सिंह समक्ष निजीक्षेत्रलाई पनि ‘ल्यान्ड पुलिङ’ गर्न दिने कानूनी व्यवस्थाको आवश्यकता रहेको उल्लेख गर्दै सहरी विकास ऐनमा सो विषय समेट्न आग्रह गरे।

images
images

त्यस अवसरमा कार्यवहाक प्रधानमन्त्री सिंहले व्यवस्थित सहर विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।

images
images
images

'सहरको विकासमा सरकारसँग निजी क्षेत्रलाई पनि सहभागी बनाउनुपर्छ, निजी क्षेत्रसँग मिलेरै व्यवस्थित, स्वच्छ र आर्थिक रुपमा चलायमान सहर बनाउन सकिन्छ', उनले भने। उनले सहरलाई व्यवस्थित गर्दै अपार्टमेन्ट, हाउजिङको अवधारणामा काम गर्नुपर्नेमा जोड दिए। हालसम्म ल्याण्ड पुलिङ गरी जग्गा तथा आवास विकासको काम सरकारले मात्रै गर्दै आएको छ।

महासंघले ‘ल्यान्ड पुलिङ’, ‘हाउस पुलिङ’मा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने, अपार्टमेन्ट खरिद गर्न विदेशीलाई २० प्रतिशतसम्म बिक्री गर्न मिल्ने व्यवस्था गर्नुपर्ने र अपार्टमेन्टभित्रको जग्गा अपार्टमेन्ट बिक्रीपछि डेभलपरका नाममा राख्न नमिल्ने गरी ऐनमा प्रबन्ध गर्न माग गरेको छ। रासस


प्रकाशित : आइतबार, असोज ६ २०८११५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend