आइतबार, असोज ६ गते २०८१    
images
images

उतारचढावबीच ११ अंकको वृद्धिसँगै नेप्सेमा ५ अर्बको कारोबार, अब फर्किएला बजार?

सबैभन्दा बढी बैंकिङ समूह १.०१ प्रतिशतले बढ्यो

images
आइतबार, असोज ६ २०८१
images
images
उतारचढावबीच ११ अंकको वृद्धिसँगै नेप्सेमा ५ अर्बको कारोबार, अब फर्किएला बजार?
images
images

काठमाडौं- भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनाको दोस्रो कारोबारमा सामान्य उचाइतर्फ लागेको छ। 

images
images
images

गएको साता बुधबार असोजको पहिलो कारोबारमा वृद्धितर्फको अपेक्षाविपरीत सामान्य ओरालो लागेको बजार यो साता पहिलो कारोबारमा वृद्धितर्फ देखिएको हो।  

आइतबार ११.५८ अंकले बढेर बजार २५८८.३५ बिन्दुमा पुगेको छ। १३८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ। ९४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारमा आइतबार ५०.७३ अंकले घटेर बजार २६३७.७९ बिन्दुमा पुगेको थियो। सोमबार ५७.०३ अंकले घटेर बजार २५८०.७६ बिन्दुमा झरेको थियो। मंगलबार बन्द रहेको बजार बुधबार उतारचढावबीच ४ अंकले घटेको थियो। 

images

सबैभन्दा बढी बैंकिङ समूह १.०१ प्रतिशतले बढ्यो

वित्त समूह ०.३१, होटल तथा पर्यटन ०.६१, उत्पादन तथा प्रशोधन ०.१९, लघुवित्त ०.१८ र म्युचुअल फन्ड ०.१० प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा बढी बैंकिङ समूह १.०१ प्रतिशतले बढेको छ। विकास बैंक ०.६६, जलविद्युत् ०.३१, लगानी ०.६२ र जीवन बीमा समूह ०.२४ प्रतिशतले बढेको छ। त्यस्तै, निर्जीवन बीमा समूह ०.४७, व्यापार ०.०७ र अन्य समूह ०.४१ प्रतिशतले बढेको छ।

इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर साङ्गी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ८.६५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको २७ करोड ८० लाख २७ हजार ७ सय १५ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड-२ को ६ लाख ४७ हजार २ सय ३ कित्ता किनबेच भएको छ।

अब उचाइतर्फ बढ्ला?

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौको अन्तिम कारोबारमा गएको सोमबार २५८०.७६ बिन्दुमा झरेको थियो। असोजमा उचाइतर्फ फर्कने आँकलन भइरहँदा बजार धिमा गतिमा नै देखिएको छ। असोज चाडबाडको महिना भएकाले पनि बजारको गति आँकलन गर्न सहज छैन।

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा लगानीकर्ताले राखेका छन्। बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। बजार 'बाउन्स ब्याक' हुने अवस्था रहेको विश्लेषकहरूले बताइरहँदा आधार भने यकिन छैन। अहिलेको अवस्थामा बजारप्रति लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने संकेतहरू रहेको विश्लेषकहरूले बताइरहेका छन्। तर सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार अपेक्षाकृत उचाइतर्फ बढ्न सकेको छैन। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। 


प्रकाशित : आइतबार, असोज ६ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend