आइतबार, असोज ६ गते २०८१    
images
images

सामाजिक संघसंस्थाका कामकारबाही पारदर्शी बनाउनुपर्छ : मन्त्री सुडी

images
आइतबार, असोज ६ २०८१
images
images
सामाजिक संघसंस्थाका कामकारबाही पारदर्शी बनाउनुपर्छ : मन्त्री सुडी

उनले समाज कल्याण परिषद्‌बाट हुने अनुगमन र मूल्यांकननलाई अझ वैज्ञानिक र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए।

images
images

ललितपुर- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक संघसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी बनाउनुपर्छ भन्नेमा जोड दिएका छन्।

images
images
images

‘सुशासन र समृद्ध नेपाल, राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास, संघसंस्थाको रोजाइ’ भन्ने नाराका साथ समाज कल्याण परिषद्‌द्वारा आज यहाँ आयोजित ४५औँ सामाजिक सेवा दिवस समारोहमा उनले सामाजिक संघसंस्था समाजप्रति उत्तरदायी हुनेहुँदा प्रभावकारी र पारदर्शी हुनुपर्ने बताए।

'समाजसेवीप्रति समाजको मर्यादा र प्रतिष्ठा विकसित हुन सकोस्, पछि परेका वर्गको हित, पछि परेको समुदायको कल्याणमा समाजसेवीको ध्यान जान सकोस्, तनमन लगाएर समाजमा पछाडि परेकाहरुको उत्थानमा सबै दत्तचित्त भएर सेवा गर्न सकौँ', उनले भने।

उनले समाज कल्याण परिषद्‌बाट हुने अनुगमन र मूल्यांकननलाई अझ वैज्ञानिक र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए। 'समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्दै एकद्वार नीतिअनुसार अगाडि बढाउन सरकार लाग्नेछ', उनले भने।

images

परिषद् उपाध्यक्ष नन्दलाल माझीले गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकार मिलेर काम गर्नुपर्ने बताए।

परिषद्का सदस्य सचिव मनोज भट्टले आर्थिक वर्ष २०८०/८१ मा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग ४४ वटा परियोजनासँग सम्झौता भइ २१ अर्ब ५८ करोड १८ लाख ५३ हजार छसय ६३ रूपैयाँको प्रगति हासिल भएको जानकारी गराए। उक्त आवमा १२ करोड ७१ लाख आम्दानी अपेक्षा गरिएकामा १७ करोड चार लाख आम्दानी भएको उनले जानकारी गराए।

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघमा अध्यक्ष रमेश धमलाले समाजकल्याण परिषद् एउटा सानो कोठाभित्र मात्रै सीमित हुन नहुने बताए। रासस 


प्रकाशित : आइतबार, असोज ६ २०८११४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend