मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

ओडारचौर खेलमैदान : नौ वर्षमा ७५ प्रतिशत काम, दुई वर्षदेखि बजेट नपर्दा निर्माण अलपत्र

images
आइतबार, असोज ६ २०८१
images
ओडारचौर खेलमैदान : नौ वर्षमा ७५ प्रतिशत काम, दुई वर्षदेखि बजेट नपर्दा निर्माण अलपत्र

लामो समयदेखि काम रोकिएपछि बनेका संरचना जीर्ण भएका छन् भने प्याराफिटसमेत भत्किएका छन्। खेलमैदान निर्माणका लागि बागलुङ नगरपालिका, गण्डकी प्रदेश र स्थानीयले लाखौँ लगानी गरेका छन्।

images
images

ढोरपाटन- बागलुङ नगरपालिका-४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ। दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो।

images
images
images

स्थानीयको सक्रियतामा ठाडो खोल्सालाई सम्याएर मेलमैदान बनाउन थालिएको थियो। उक्त खेलमैदान निर्माण सुरु भएको नौ वर्षसम्ममा ७५ प्रतिशत मात्रै काम सकिएको ओडारचौर बहुउद्देश्यी खेलमैदानका अध्यक्ष रामप्रसाद आचार्यले बताए।

images
images

लामो समयदेखि काम रोकिएपछि बनेका संरचना जीर्ण भएका छन् भने प्याराफिटसमेत भत्किएका छन्। खेलमैदान निर्माणका लागि बागलुङ नगरपालिका, गण्डकी प्रदेश र स्थानीयले लाखौँ लगानी गरेका छन्।

images
images

खेलमैदानका लागि उपयुक्त ठाउँ छनोट नहुँदा समस्या आएको स्थानीय बताउँछन्। ठोडो खोलामा बर्खाको समयमा भेल आउने हुँदा खेलमैदानसहित त्यहाँ बनेका संरचना बगाउने गरेको छ। यसबाट हरेक वर्ष लाखौँको संरचना नष्ट हुँदै आएको छ।

बर्खाको भेलले सडकको माटो, ढुङ्गासहितको गग्रेटाले खेलमैदानको अस्तित्व मेटाइदिएको आचार्यको भनाइ छ। खेलमैदान वरपर झाडी पलाएको छ भने प्याराफिटमा लेउ लागेको छ। बीच भागमा हिलाम्मे हुँदा खेल खेल्न नमिल्ने बनेको छ।

खेलमैदानका अध्यक्ष आचार्यका अनुसार खेलमैदान निर्माणका लागि हालसम्म स्थानीयबाट ३० लाख रूपैयाँ संकलन भएको, प्रदेश र स्थानीय सरकारबाट ३० लाख रूपैयाँ र जनश्रमदानदान गरी करिब एक करोड रूपैयाँ लगानी भएको छ।

'करोड लगानी भएको खेलमैदानमा अहिले खेल्नसक्ने अवस्था छैन। खेलमैदान प्रगति हालसम्म ७५ प्रतिशत सकिएको छ। बाँकी काम गर्न प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्छ', उनले भने।

खेलमैदानलाई पूर्णता दिन थप ८० लाख रूपैयाँ आवश्यक पर्ने अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी दिए। बागलुङ बजारस्थित निर्माणाधीन उक्त खेलमैदानमा विभिन्न कार्यक्रम, सभा, सम्मेलन गर्न सकिने उनले बताए।

'यहाँका युवाको सक्रियतामा खेलमैदान बनाउन सुरु गरिएको हो, धेरै वर्ष भयो बनाउन थालेको अहिलेसम्म पूर्णता पाउन सकेको छैन। बागलुङ बजार छेउमा रहेकाले यहाँ सभा, समारोह गर्न उपयुक्त मानिन्छ। बजेट अभावले कामलाई निरन्तरता दिन सकिएको छैन', अध्यक्ष आचार्यले भने, 'यो ठाउँमा ठूलो खाल्डो थियो, खाल्डो पुरेर खेलमैदान बनाउन थालेका हौँ, ओडारचौरवासीले श्रमदानसँगै आर्थिक सहयोग पनि गर्नुभएको छ। यहाँबाट विदेश गएका युवाले पनि रकम पठाएर सहयोग गर्नुभएको छ।'

बजेट विनियोजन गरी निर्माणलाई निरन्तता दिन सरोकार भएका निकायसँग माग गरे पनि सुनुवाइ नभएको उनले बताए।

बागलुङ-४ का अध्यक्ष कुमार विक्रम क्षेत्रीले खेलमैदान निर्माण गरेको भूगोल नमिलेको भन्दै प्राविधिक कमजोरीका कारण अहिलेसम्म सम्पन्न हुन नसकेको बताए। पहिले मैदान निर्माणमा सक्रिय कतिपय युवा विदेश पलायन भएको भन्दै अन्यले चासो नदिँदा समयमा काम हुन नसकेको उनको भनाइ छ। नगरपालिकाले पनि लाखौँ रकम यहाँ लगानी गरेको बताउँदै बर्खा लाग्यो भने खेलमैदान डुबानमा पर्ने अध्यक्ष क्षेत्रीले उल्लेख गरे।

उनले भने, 'यहाँ केही प्राविधिक कमीका कारण खेलमैदान सञ्चालन गर्न सकिएको छैन। अलपत्र परेको मैदान निर्माणका लागि प्राविधिक कमजोरी कसरी समाधान गर्ने भनेर सरोकार भएकासँग छलफल गर्ने योजना बनाएका छौँ। यसलाई पूर्णता दिन आर्थिक, प्राविधिक सहयोगका लागि नगरपालिका र प्रदेश सरकारसँग पहल गर्नेछु।' रासस


प्रकाशित : आइतबार, असोज ६ २०८११२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend