आइतबार, असोज ६ गते २०८१    
images
images

भूमिगत सिँचाइमा बजेट कम, माग बढी

images
आइतबार, असोज ६ २०८१
images
images
भूमिगत सिँचाइमा बजेट कम, माग बढी
फाइल तस्बिर

सिँचाइसँगै कृषिजन्य उत्पादन बढ्दै गएपछि किसानले स्यालो ट्युवेल र डिप ट्युवेलको माग गर्दै आएका छन्।

images
images

चितवन- चितवनसहित तीन जिल्ला हेर्दै आएको चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनामा बजेट कम हुँदा किसानका मागअनुसार आयोजना बन्न सकेका छैनन्। सिँचाइसँगै कृषिजन्य उत्पादन बढ्दै गएपछि किसानले स्यालो ट्युवेल र डिप ट्युवेलको माग गर्दै आएका छन्।

images
images
images

कार्यालयमा हालसम्म स्यालो ट्युवेल दुई सय ५० र डिप ट्युवेल ४० वटा माग भएकामा बजेट अभावले चालु आर्थिक वर्षमा ६२ वटा योजना मात्रै कार्यान्वयन गर्ने तयारी भएको हो।

आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार चितवनमा ३८, मकवानपुरमा पाँच र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १९ वटा आयोजना सञ्चालन गरिँदै छ। चितवनको इच्छाकामना गाउँपालिकाबाहेक अन्य सबै पालिकामा आयोजना कार्यान्वयन हुने उनले बताए।

मकवानपुरको हेटाैँडा उपमहानगरपालिका तथा मनहरी, बकैया र बागमती गाउँपालिकामा आयोजना सञ्चालन हुने केसीले जानकारी दिए। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु र विनय त्रिवेणी नगरपालिकामा आयोजनाको काम हुने उनले बताए।

images

आयोजना प्रमुख केसीले भने, 'अन्तय जिल्लाको तुलनामा चितवनका किसानले बढी माग गर्नुभएको छ । मागअनुसार आयोजना भने पर्न सकेको छैन।' यी आयोजना सम्पन्न गर्न ४० करोड रूपैयाँ बजेट विनियोजन भएको जनाउँदै तोकेर आयोजना आएकाले किसानका मागअनुसार काम गर्न नसकिने उनले उलेख गरे। 

विसं २०७७ मा स्थापना भएको यस कार्यालयले हालसम्म लिफ्ट सिँचाइ ११ र डिप बोरिङ ९८ वटा जडान गरी तीन हजार सात सय हेक्टर क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको छ।

वैकल्पिक सिँचाइको अभाव भएका स्थानमा संयोजनात्मक सिँचाइले काम गर्दै आएको केसीले जानकारी दिए।

अघिल्ला वर्षमा मकवानपुर र चितवन मात्रै हेर्दै आएको यस आयोजनाले यस वर्ष नवलपुरमा थप गरेर काम गर्दै आएको हो। रासस


प्रकाशित : आइतबार, असोज ६ २०८११२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend