शनिबार, फागुन २४ गते २०८१    
शनिबार, फागुन २४ २०८१
images
images

८० करोडमा २०० बेडको मार्स होटल

images
बिहीबार , पुस २९ २०७८
images
images
८० करोडमा २०० बेडको मार्स होटल

रुपन्देहीको तौलिहवामा ८० करोड रूपैयाँ लगानीमा तारे होटल बन्ने भएको छ।

images
images

काठमाडौं- रुपन्देहीको तौलिहवामा ८० करोड रूपैयाँ लगानीमा तारे होटल बन्ने भएको छ। मार्स हस्पिटालिटी ग्रुपले मार्स हस्पिटालिटी होटल बनाउने भएको हो।

images
images
images

होटल निर्माणका लागि ग्रुपले वातावरणीय प्रभाव मूल्याकन रिपोर्ट तयार पारेको छ। ग्रुपले तयार पारेको रिपोर्ट वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।

images
images

होटल दुई सय बेड क्षमताको बन्ने रिपोर्टमा उल्लेख छ। होटलमा दुई वर्षमा निर्माण सम्पन्न हुने  ग्रुपको भनाइ छ। होटलमा कुल लगानी ८० करोड रूपैयाँ हुने अनुमान गरिएको छ।

images
images
images

होटलको दुई बिघा १३ कठ्ठा जग्गामध्ये ३ हजार ४ सय ५६ वर्गमिटरमा होटलको भवन बन्नेछ। होटलको भवनको तलाको कुल क्षेत्रफल १२ हजार ९ सय १७ वर्गमिटर हुनेछ। दुई सय वेड क्षमताको होटलमा १ सय २५ कोठा बन्ने छ।

होटलको दुई वटा भवन हुनेछ। भवनले कुल जग्गाको १९ प्रतिशत क्षेत्रफल ओगट्ने भएको छ। होटलको पहिलो भवन ७ तलाको र अर्को भवन एक तलाको बन्ने भएको छ। दुई वटै  भवनमा एक भूमिगत र एक भुँइ तला रहनेछ।

७ तल्ले भवनको उचाई ३३.५ मिटर हुनेछ। ७ तले भवनको तेस्रो, चोथौ, पाँचौं, छैंठौ र सातौं तलामा २५ कोठाका दरले १ सय २५ वटा कोठा रहनेछ। भवनको दोस्रो तला स्विमिङ पुल, जिम एण्ड योगा हल, स्पा र वार रहनेछ।


प्रकाशित : बिहीबार , पुस २९ २०७८०४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend