बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आइतबार, असोज ६ २०८१
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ। बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७८.७९ प्रतिशत रहेको छ।

काठमाडौं- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले १४ दिनका लागि उक्त तरलता प्रशोचन गर्न लागेको हो।

आइतबार ३ बजे जारी हुन लागेको उक्त निक्षेप संकलन उपकरण असोज २० गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ।

हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ। बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७८.७९ प्रतिशत रहेको छ।
यस्तै अन्तरबैंकिङ ब्याजदर ३ प्रतिशत रहेको छ।

भदौ लागेयता बैंक वित्तीय संस्थाहरुले करिब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत आर्थिक वर्षसम्म कर्जा प्रवाह निकै सुस्त रहेकोमा चालु आर्थिक राष्ट्र बैंकले मौद्रिक नीति लचिलो बनाएसँगै बैंकिङ प्रणालीबाट कर्जा प्रवाह बढेको हो। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ६५ खर्ब ५ अर्ब निक्षेप संकलन भएको छ भने कुल कर्जा प्रवाह ५२ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ।


प्रकाशित : आइतबार, असोज ६ २०८१११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend