आइतबार, मंसिर ९ गते २०८१    
images
images

लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति थालियो

images
आइतबार, असोज ६ २०८१
images
images
लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति थालियो

पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति सुरु गरेको हो।

images
images

म्याग्दी- मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ। पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति सुरु गरेको हो।

images
images
images

गत साउन २९ गते तीन करोड २३ लाख १८ हजार पाँचसय ४४ रूपैयाँमा ठेक्का सम्झौता गरेअनुसार निर्माण कम्पनीले सडक ढलानका लागि प्रारम्भिक चरणको काम सुरु गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोकाले जानकारी दिए।

images

सम्झौतानुसार विसं २०८२ माघ २८ गतेसम्म काम सक्ने गरी नाली निर्माण र दुई किलोमिटर लम्बाइ र सात मिटर चौडाइमा आरसिसी ढलान गरिने उनले बताए। आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ९६ लाख रूपैयाँ विनियोजन गरेको छ।

images

कच्ची सडकको धुलो र हिलोले स्थानीयवासी तथा पर्यटकलाई प्रभावित बनाएपछि मौलिकतालाई असर नपर्ने गरी सडक ढलान गर्न लागिएको लोमान्थाङका वडाध्यक्ष ढुढुके विष्टले बताए। यसअघि सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ र लोमान्थाङ गाउँपालिकाले यहाँको सडक, पैदलमार्ग र गल्लीमा ढुंगा बिछ्याएका थिए। यहाँ पर्खालभित्रको मागमा दरबार, गुम्बा र पुरानो बस्ती रहेको छभने बाहिर पनि नयाँ बस्ती छ।

सघन सहरी तथा भवन निर्माण आयोजनाको एक करोड २७ लाख रूपैयाँको लागतमा पर्खालभित्रको पदमार्गमा चार हजार ४४ दशमलव २५ वर्गमिटर क्षेत्रफलमा स्लेटढुंगा छाप्ने काम भएको थियो।

आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाको ६५ लाख २८ हजार रूपैयाँको लागतमा स्लेटढुंगा छपान गर्ने काम भएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। यो क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएकाले पनि उच्च महत्व दिएर सुधारका काम भइरहेका उनले बताए।

चोक र सडक छेउमा एकसय ५० वटा सडक बत्ती जोडेर रातको समयमा पनि उज्यालो बनाइएको छ।

बस्तीभित्र विद्युतको तारलाई भूमिगत बनाइएको छ। तीस फिटभन्दा अग्लो पर्खालले घेरिएको बस्तीको बीचमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब दुई सयवटा माटोले बनेका घर छन्। पर्यटकहरू यहाँको प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली अवलोकनका लागि आउने गरेका छन्। रासस


प्रकाशित : आइतबार, असोज ६ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend