शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

झापामा सवारीसाधन कारबाहीबाट ६६ लाखभन्दा बढी राजस्व संकलन

images
आइतबार, असोज ६ २०८१
images
images
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाखभन्दा बढी राजस्व संकलन
फाइल तस्बिर

सो अवधिमा सबैभन्दा धेरै एक हजार ६८४ जिप, कार तथा भ्यानलाई कारबाही गर्दा १० लाख पाँच हजार पाँचसय रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

झापा- जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६६ लाख १५ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। नौ हजार सात सय ६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व संकलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए।

images
images

सो अवधिमा सबैभन्दा धेरै एक हजार छ सय ८४ जिप, कार तथा भ्यानलाई कारबाही गर्दा १० लाख पाँच हजार पाँचसय रूपैयाँ राजस्व संकलन भएको छ। यसैगरी एक हजार दुई सय ३१ मोटरसाइकल, छ सय ९६ ट्रक, दुई सय १० बस, एक सय ७४ टिपर, एक सय ८४ ट्रयाक्टर र तीन सय छ टेम्पो कारबाहीमा परेका छन्।

images
images

कार्यालयको तथ्यांकअनुसार साउन १० र भदौमा छ गरी सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ। सोही अवधिमा दुर्घटनामा परी ३२ जना सख्त घाइते र तीन सय ६० जना सामान्य घाइते भएका थिए।

images
images
images

प्रनानि गौतमकानुसार पछिल्लो दुई महिनामा जिल्लाभरिमा दुई सय ३६ दुर्घटना भएका छन्। यस अवधिमा दुई सय २६ मोटरसाइकल, चार ट्रक, ११ बस, ३५ जिप/कार, तीन ट्र्याक्टर, ४३ टेम्पो, एक टिपर र दुई अन्य सवारी दुर्घटनामा परेका थिए। रासस 


प्रकाशित : आइतबार, असोज ६ २०८१११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend