शुक्रबार, जेठ ४ गते २०८१    
images
images

मोटरसाइकलको मूल्य बढ्यो

images
शुक्रबार, भदौ २५ २०७८
images
images
मोटरसाइकलको मूल्य बढ्यो

सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा लाग्दै आएको कर वृद्धि गरेको छ। योसँगै मोटरसाइकलको सडक निर्माण कर बढेको छ। संसदमा प्रस्तुत भएको प्रतिस्थापन विधेयक शुक्रबार राति १२ बजेदेखि कार्यान्वयनमा आउने छ। 

images
images

काठमाडौं- सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा लाग्दै आएको कर वृद्धि गरेको छ। योसँगै मोटरसाइकलको सडक निर्माण कर बढेको छ। संसदमा प्रस्तुत भएको प्रतिस्थापन विधेयक शुक्रबार राति १२ बजेदेखि कार्यान्वयनमा आउने छ। 

images
images
images

सरकारले यसअघि १५५ सीसीको मोटरसाइकलमा ४० प्रतिशत अन्तशुल्क लगाएको थियो भने १५५ सीसीदेखि २५० सीसीसम्मका मोटरसाइलमा ४० प्रतिशत नै अन्तशुल्क थियो।

images

तर प्रतिस्थापन विधेयमा मोटरसाइकलको वर्गीकरण नै परिवर्तन गरिएको छ। १२५ सीसीसम्मका मोटरसाइलमा ४० प्रतिशत, १२५ देखि २ सय सीसीसम्म ५० प्रतिशत र २ सयदेखि २५० सीसीका मोटरसाइकलमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ। 

images
images
kar dar (1).jpg

यसैगरि ५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तशुल्क थियो। अहिले यो वर्गका मोटरसाइकलमा १०० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ। 

images
images
kar dar (2).jpg

निर्माण दस्तुरसमेत वृद्धि

प्रतिस्थापन विधेयकबाट सडक निर्माण दस्तुर समेत बढाएको छ। सरकारले कर उठाउनकै लागि मोटरसाइकलको वर्गीकरण थप गरेको छ।

यसअघि १ सय ५५ सीसीसम्मका मोटरसाइकमा १५ हजार रुपैयाँ, १५५–२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०–४०० सीसीससम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४ सय सीसीभन्दा माथिका मोटरसाइकलमा  १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्थ्यो। 

तर प्रतिस्थापन विधेयकमा वर्गीकरण थप गरि सडक निर्माण दस्तुर बढाइएको छ। नयाँ व्यवस्थाअनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ, १२५–२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०–४०० सीसीसम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४०० सीसीमाथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरिएको छ। 

kar dar (3).jpg

यो परिवर्तनबाट १२५ सीसीदेखि १५५ सीसी क्षमताका मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्छ। यो सेगमेन्टका मोटरसाइकल नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुँदै आएको छ।

यसैगरि नयाँ करको व्यवस्था अनुसार ५ सय सीसीदेखि ८ सय सीसी इन्जिन क्षमताका मोटरसाइकलको समेत मूल्य बढ्ने छ। 


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०१:२६
  • सम्बन्धित विषय:

  • # माेटरसाइकल कर
  • # कर बढ्याे


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend