मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले क्यापिटल मार्केट फुटसल आयोजना गर्ने

images
शनिबार, असोज ५ २०८१
images
नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले क्यापिटल मार्केट फुटसल आयोजना गर्ने

प्रतियोगितामा नेपाल धितोपत्र बोर्डसहित महिलातर्फ ९ तथा पुरूषतर्फ ३२ गरी जम्मा ४१ टिम सहभागी हुनेछन्।

images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन (इयूसेबोन) ले असोज ११ र १२ गते ‘इयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पिनसीप २०२४’ प्रतियोगिता आयोजना गर्ने भएको छ।

images
images
images

‘वन ट्रफी, वन मार्केट, वन फेमेली’ नारासहित उक्त प्रतियोगिता धनयन्तरी फुटसल ग्राउण्ड र प्राइम फुटसलमा कालोपुलमा आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

images
images

प्रतियोगितामा नेपाल धितोपत्र बोर्डसहित महिलातर्फ ९ तथा पुरूषतर्फ ३२ गरी जम्मा ४१ टिम सहभागी हुनेछन्।

images
images

१५ मिनेट प्रति टिम खेलाइने सो प्रतियोगिताको पुरूषतर्फ च्याम्पियनले ट्रफीसहित १ लाख नगद र रनरअपले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै महिलातर्फ च्याम्पियनलाई ६० हजार र रनरअपलाई ४० हजार तथा ट्रफीको व्यवस्था गरिएको छ।

फाइनान्सीयल सेक्टरमा काम गर्ने कर्मचारीहरूमा भाइचाराको सम्बन्ध विस्तार गर्न यो फुट्सल आयोजना गरिएको इयूसेबोनका अध्यक्ष अजय ढुंगानाले बताए। यो क्षेत्रमा काम गर्ने कर्मचारीहरूबीच हुने प्रतिस्पर्धाले सबैमा आत्मियता र हार्दिकता बढ्ने ढुंगानाको भनाइ छ। यो फुटसल प्रतियोगिता प्रत्येक वर्ष यसै तालिकाअनुसार आयोजना हुने सोच रहेको अध्यक्ष ढुंगानाले बताए।

प्रतियोगितामा क्यापिटल मर्चेन्ट बैंकिङ, नेप्से, सीडीएससी र ब्रोकर कम्पनीहरुले सहभागिता जनाउने बताइएको छ। प्रतियोगितामा लक्ष्मी सनराइज बैंक मुख्य प्रायोजकको रुपमा रहेको छ।


प्रकाशित : शनिबार, असोज ५ २०८११५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend