शनिबार, असोज ५ गते २०८१    
images
images

अर्बपतिहरु कहिले बन्छन् खर्बपति? पहिलो खर्बपति एलन मस्क बन्ने, गौतम अडानी दोस्रो

images
शनिबार, असोज ५ २०८१
images
images
अर्बपतिहरु कहिले बन्छन् खर्बपति? पहिलो खर्बपति एलन मस्क बन्ने, गौतम अडानी दोस्रो

टेस्लाका सीईओ मस्कको सम्पत्ति अहिलेकै दरमा वृद्धि हुने हो भने उनी नै संसारको पहिलो ट्रिलिनियर बन्ने छन्। मस्कलाई ट्रिलिनियर बन्न ३ वर्ष अर्थात् २०२७ सम्म लाग्ने अनुमान गरिएको छ।

images
images

काठमाडौं- संसारमा अर्बपतिहरुको संख्या बढ्दै गइरहेको छ। प्रविधिको विकास र त्यसैमा आधारित व्यवसायको माग बढ्दै गएकाले धनाढ्य अर्बपतिहरुको संख्या बढ्दै गएको छ। साथै अर्बपतिहरुको धन पनि दिन दुगुणा रात चौगुणा बढ्दै गइरहेको छ। 

images
images
images

कारोना महामारीमा धेरै आम मानिसहरुलाई जिउन कठिन भइरहँदा अर्बपतिहरुको धन उल्लेख्य मात्रामा वृद्धि भएको थियो। संसारमा अर्बपति (बिलिनियर)को सख्या हजारौँ रहेको छ। हालसम्म कोही पनि खर्बपति (ट्रिलिनियर) बनिसकेको छैन। 

संसारको पहिलो ट्रिलिनियर अमेरिकी व्यवसायी टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्क हुने अनुमान गरिएको छ। एक ट्रिलियन सम्पत्ति पुग्दा उनीसँग १० खर्ब अमेरिकी डलर बराबर हुनेछ। 

२०२४ मा मस्कको सम्पत्ति २ सय ४२ अर्ब डलर रहेको छ। अहिलेकै हिसाबमा पछिल्लो ७ वर्षको वृद्धिदरलाई आधार मान्दा २०२७ मा एलन मस्क विश्वको पहिलो ट्रिलिनियर बन्ने प्रक्षेपण गरिएको भिजुअल क्यापिटालिस्टले लेखेको छ। क्यापिटालिस्टले इन्फर्मा कनेक्ट एकेडेमीले हालै गरेको अध्ययनका आधारमा सार्वजनिक रिपोर्टमा रहेर उक्त प्रक्षेपण गरेको हो।

images

टेस्लाका सीईओ मस्कको सम्पत्ति अहिलेकै दरमा वृद्धि हुने हो भने उनी नै संसारको पहिलो ट्रिलिनियर बन्नेछन्। मस्कलाई ट्रिलिनियर बन्न ३ वर्ष अर्थात् २०२७ सम्म लाग्ने अनुमान गरिएको छ।

मस्कलाई पछ्याउँदै भारतीय अर्बपति गौतम अडानी विश्वको दोस्रो ट्रिलिनियर बन्ने अनुमान गरिएको छ। अडानी समूहका अध्यक्ष गौतम अडानी २०२८ मा विश्वको दोस्रो ट्रिलिनियर बन्ने छन्।

इनफर्माले यो अध्ययमा ३० जना धनाढ्यहरुको सम्पत्तिबारे अध्ययन गरेको जनाएको छ। ती ३० धनाढ्यहरुको २०१७ देखि २०२४ सम्मको सम्पत्ति वृद्धिदर केलाइएको छ। सो सम्पत्ति र वृद्धिदर फोब्र्सले सार्वजनिक गरेको तथ्यांकमा आधारित छन्। अध्ययनमा ती धनाढ्य प्रत्येकको औसत वार्षिक वृद्धिदर र आगामी ३० वर्षका लागि उनीहरुको सम्पत्ति वृद्धिको प्रक्षेपणलाई आधार मानिएको छ। यही आधारमा सम्भावित ट्रिलिनियरहरुको अनुमानित समय र सूची प्रक्षेपण गरिएको हो। 

१ एलन मस्क : टेस्ला तथा स्पेरएक्सका सीईओ मस्क अमेरिकी नागरिक हुन्। उनी २०२७ सम्म विश्वको पहिलो ट्रिलिनियर बन्ने छन्। २०२४ मा उनले कुल सम्पत्ति २ सय ४२ अर्ब डलर रहेको छ। 

२. गौतम अडानी : भारतीय व्यावसायी गौतम अडानी अडानी समूहका अध्यक्ष हुन्। ऊर्जादेखि पोर्टसम्मको व्यवसायमा संलग्न अडानी २०२८ सम्म ट्रिलिनियर बन्ने अनुमान छ। २०२४ मा उनको कुल सम्पत्ति ८४ अर्ब डलर रहेको छ। 

३. जेन्सन हुवाङ : हुवाङ अमेरिकी चिप उत्पादन कम्पनी एनभिडियाका सहसंस्थापक तथा सीईओ हुन्। अमेरिकी नागरिक उनी पनि २०२८ मै ट्रिलिनियर बन्ने अनुमान गरिएको छ। २०२४ मा उनको कुल सम्पत्ति ७७ अर्ब डलर रहेको छ। 

४. प्रजोगो पंगेस्तु : इन्डोनेसियाका नागरिक पंगेस्तु बारिटो प्यासिफिकका सञ्चालक हुन्। उनी पनि २०२८ मै ट्रिलिनियर बन्ने प्रक्षेपण गरिएको छ। २०२४ मा उनको कुल सम्पत्ति ४३ अर्ब डलर रहेको छ। 

५. बर्नार्ड अर्नल : फ्रान्सेली अर्बपति अर्नल एलभीएमएचका मालिक हुन्। उनी २०३० सम्म ट्रिलिनियर बन्ने अनुमान गरिएको छ। २०२४ मा उनको कुल सम्पत्ति २ सय ३३ अर्ब डलर रहेको छ। 

६. मार्क जुकर्बग : फेसबुकका संस्थापक जुकर्बग अमेरिकी नागरिक हुन्। हाल फेसबुकको माउ कम्पनी मेटा रहेको छ। उनी २०३० मा ट्रिलिनियर बन्ने छन्। २०२४ मा उनको कुल सम्पत्ति १ सय ७७ अर्ब रहेको छ। 

७. फिल नाइट : अमेरिकी नागरिक नाइट निकीका मालिक हुन्। उनी २०३० सम्म ट्रिलिनियर बन्ने अनुमान गरिएको छ। २०२४ मा उनको कुल सम्पत्ति ४१ अर्ब डलर रहेको छ। 

८. मुकेश अम्बानी : भारतीय अर्बपति मुकेश अम्बानी रिलायन्स इन्डस्ट्रिजका मालिक हुन्। विभिन्न व्यापार तथा उद्योगमा लगानी गरेका उनी २०३३ मा ट्रिलिनियर बन्ने अनुमान गरिएको छ। २०२४ मा उनको कुल सम्पत्ति १ सय १६ अर्ब डलर रहेको छ।

९. माइकल डेल : डेलका मालिक माइकल अमेरिकी नागरिक हुन्। उनी २०३३ सम्म ट्रिलिनियर बन्ने प्रक्षेपण गरिएको छ। २०२४ मा उनको कुल सम्पत्ति ९१ अर्ब डलर रहेको छ। 

१०. स्टेभ बालमर : बालमर पनि अमेरिकी नागरिक हुन्। माइक्रेसफ्टका मालिक उनी २०३४ सम्ममा ट्रिलिनियर बन्ने छन्। प्रक्षेपण मिलेमा उनी विश्वको १०औँ ट्रिलिनियर हुनेछन्। २०२४ मा उनको कुल सम्पत्ति १ सय २१ अर्ब डलर रहेको छ। 


प्रकाशित : शनिबार, असोज ५ २०८११६:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend