मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

images
शनिबार, असोज ५ २०८१
images
नौ लाख बराबरका भन्सार छलीका सामान बरामद
फाइल तस्बिर

प्रहरीले आज जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट भन्सार छली गरी ल्याइएका नौ लाख एघार हजार एकसय १० रूपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।

images
images

कैलाली- जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका नौ लाख रूपैयाँ बराबरको सामान बरामद गरेको छ। प्रहरीले आज जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट भन्सार छली गरी ल्याइएका नौ लाख एघार हजार एकसय १० रूपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।

images
images
images

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार धनगढीबाट करिब पाँच लाख पाँच हजार सातसय ८० रूपैयाँ बराबरको किराना सामान, तामा पित्तलका भाँडा, मिठाइ, प्याज र प्लास्टिक तथा भजनीबाट दुई लाख ३० हजार रूपैयाँ मूल्य बराबरको प्याज, मोटरसाइकल र चिनी बरामद गरिएको छ।

images
images

टीकापुरबाट एक लाख ३२ हजार सातसय ३० बराबरको किरानाका सामान, प्लास्टिकका खेलाैना, शृङ्गारका सामान, चिनी र प्याज, गोदावरीबाट २६ हजार ६ सय रूपैयाँ बराबरको कपडा र कैलारी गाउँपालिकाबाट १६ हजार रूपैयाँ बराबरको बोइलर कुखुरा बरामद गरिएको उनले जानकारी दिए।

images
images

बरामद गरिएका अवैध मालसामानसहित पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए। रासस


प्रकाशित : शनिबार, असोज ५ २०८११४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend