शनिबार, असोज ५ गते २०८१    
images
images

अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या हुँदा सुस्तायो काम

images
शनिबार, असोज ५ २०८१
images
images
अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या हुँदा सुस्तायो काम

जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो।

images
images

काभ्रेपलाञ्चोक- अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ। जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो।

images
images
images

विस्तारित बनेपा-धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले सोसम्बन्धी प्रक्रिया थालेपछि विवाद सिर्जना भएको छ। उक्त क्षेत्रमा करिब चारसय मिटरमा करिब पाँच रोपनी जग्गा अधिग्रहणका लागि छलफल गर्दा स्थानीयले सरकारी मूल्यांकनभन्दा पाँच गुणा बढी मूल्य मागेपछि समस्या सिर्जित भएको आयोजनाले जनाएको छ। 

सुर्यविनायक-धुलिखेल सडक आयोजनाले बनेपा नगरपालिका-६ र धुलिखेल नगरपालिका-४ स्थित दुई नगरको सीमा क्षेत्रमा दुई वडाका ११ जग्गाधनीको १७ कित्ता जग्गा अधिग्रहणका लागि छलफल अघि बढाएको हो।

सडक आयोजनाले जग्गा अधिग्रहण गर्न प्रक्रिया थालेपछि जग्गाधनीले प्रति आना जग्गाको मूल्य ६५ लाख रूपैयाँ मागेपछि थप अन्योलता भएको छ। आयोजना भने जग्गा अधिग्रहण गरेर सडक विस्तार गर्ने गर्ने की अहिले कै अवस्थामा सडक विस्तार गर्ने भन्ने विषयमा अन्यौलमा भएको छ। आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले भने, 'सवारीको गति बढाउने उद्देश्यले सडकको मोडसुधार गर्न ती स्थानको जग्गा अधिग्रहण गर्न कठिन देखिएको छ।' उनका अनुसार जग्गा अधिग्रहणका लागि जग्गाधनीसँग दुईपटक छलफल गर्दा समेत कुनै समाधान निस्किएको छैन।

images

उनका अनुसार जग्गाधनीको मागअनुसार आयोजनाले अधिग्रहण गर्न सक्दैन। हाल प्रतिघण्टा ३५ किलोमिटर भएकाले स्तरोन्नति भइरहेको सडकको ढाँचामा प्रतिघण्टा ४० किलोमिटर उल्लेख गरिएकोले मोड सुधार गर्नुपर्ने आवश्यकता देखिएको प्राविधिक खनालले बताए। मालपोत कार्यालय काभ्रेका अनुसार बनेपा क्षेत्रको जग्गाको मूल्य प्रतिआना १२ लाख ५४ हजार रूपैयाँ छ भने धुलिखेलतर्फको जग्गाको मूल्य प्रति आना १० लाख ६६ हजार रूपैयाँ कायम भएको छ। सरकारी मूल्यांकनअनुसार जग्गाधनीले पाँच गुणाभन्दा बढी मूल्य माग गरेका हुन्।

यसैबीच आयोजनालाई हाल यस साँगा-धुलिखेल सडकखण्डअन्तर्गत आठ दशमलव ४ किमी सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएको पाइएको छ। सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनालाई विवरण उल्लेखित पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुंगेधारा व्यवस्थित एवं स्थानान्तरणमा समस्या देखिएको हो। यस्तै भैँसेपाटीमा दुई कुवा, ढुंगेधारा तथा जनागालस्थित पिपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन्। यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन्।

आयोजनालाई बाँकी ७ स्थानमा रहेका आठ सम्पदाको संरक्षण, व्यवस्थापन एवं स्थानान्तरण गर्नेगरी बनाइएको वैकल्पिक ‘डिजाइनन’का विषयमा स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल थालिने जनाइएको छ। आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले उक्त सडकखण्डमा सम्पदा व्यवस्थापन एवं स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल थालेको बताए।

उनका अनुसार साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिरनजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने गरी छलफल थालिने छ।

यस्तै नासिका मन्दिरको कम्पाउण्ड वाल संरक्षण गरी ‘वान-वे’ सडक निर्माण गर्ने वा नगर्नेबारे अनिर्णित भएको छ। स्थानीयले भने नासिका मन्दिरको ऐतिहासिकता महत्वपूर्ण भएकाले भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएका छन्।

सडक विभागका अनुसार बिस्तारित सूर्यविनायकदेखि धुलिखेलसम्म कुल १५ दशमलव पाँच किमी सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलम्म आठ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख रूपैयाँका ठेक्का लगाइएको थियो। विसं २०७९ फागुन १६ गतेबाट निर्माण थालिएको आयोजनाको अवधि ३६ महिना हो।

दुई लेनबाट ६ लेनका लागि विस्तारकार्य भइरहेको अरनिको राजमार्गको यस सडकखण्ड दायाँबाँया दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण हुने छ। रासस 


प्रकाशित : शनिबार, असोज ५ २०८११४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend