मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड

images
शनिबार, असोज ५ २०८१
images
विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड

सो बैठकमा भारी सङ्ख्यामा बोकाबली चढाउने र सप्तमीको दिन श्रद्धालुभक्तजनको भीडलाई व्यवस्थित पार्नका लागि विभिन्न उपसमिति निर्माण गरी काम गर्न सबै पक्षले सहकार्य गर्ने निर्णय गरिएको छ।

images
images

जनकपुर- जनकपुरधाम उपमहानगरपालिकामा केही दिनयतादेखि जनकपुरधाममा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

images
images
images

प्रमुख मनोजकुमार  साहले अत्यधिक गर्मीको प्रकोपको बेला घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै ट्रान्सफरमर बिग्रेको बहानामा उपभोक्तालाई दुःख दिन नपाइने बताए।

images
images

प्रत्येक वर्ष आयोजना हुने माँ राजदेवी, बौधीमाता तथा अन्नपूर्ण माताको पूजा व्यवस्थापनबारे आज जनकपुरधाममा सम्पन्न सर्वपक्षीय बैठकमा प्रमुख साहले एउटा होइन दुईवटा ट्रान्सफर  जडान गर्नु परे गरेर विद्युतको समस्या समाधान गर्नुपर्ने धारणा राखे।

images
images

यता ढल्केबर जनकपुरधाम मेनलाइनको ट्रान्सफर बिग्रेको भन्दै आज महिनादिन अघिदेखि नै नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरधामले चरम लापरबाही गर्दै आएको बताउँदै उनले समस्याको समाधान चाडपर्वअघि नै गर्न आग्रह गरे।

सो बैठकमा जनकपुरधाम उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले विद्युतको अनियमितता र पटकपटक लाइन काटिनुले उद्योगी व्यवसायीमा आक्रोश बढ्दै गएको समस्या भोलिका दिनमा प्राधिकरणकै लागि ठूलो समस्या बन्ने बताए।

बैठकमा मेलामा देखिने गरेको पकेटमारी तथा चोरीको समस्यालाई निराकरण गर्नका लागि सादा पोसाकमा व्यापक प्रहरी परिचालन गरिने र स्वयंसेवकको सहकार्यमा सुरक्षा निकायले इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमख भुवनेश्वर तिवारीले व्यक्त गरे।

सो बैठकमा भारी सङ्ख्यामा बोकाबली चढाउने र सप्तमीको दिन श्रद्धालुभक्तजनको भीडलाई व्यवस्थित पार्नका लागि विभिन्न उपसमिति निर्माण गरी काम गर्न सबै पक्षले सहकार्य गर्ने निर्णय गरिएको छ।

मेलाको आयोजना गर्दै आएका राम युवा कमिटी तथा महावीर युवा कमिटीको संयुक्त तत्वाधानमा सम्पन्न बैठकमा जउनपाका पूर्वप्रमुख लालकिशोर साह, सशस्त्र प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक सुमन बोगटी, राम तथा महावीर युवा कमिटीका निवर्तमान एवं भूपु पदाधिकारीसहितका सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। रासस


प्रकाशित : शनिबार, असोज ५ २०८११३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend