मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व संकलन

images
शनिबार, असोज ५ २०८१
images
मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व संकलन

चालु आवमा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजार रूपैयाँले राजस्वको लक्ष्य घटाइएको छ।

images
images

झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा दुई अर्ब ४२ करोड नौ लाख नौ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो।

images
images
images

चालु आवमा कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भन्सार अधिकृत एवं सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए।

images
images

उनका अनुसार गत साउन र भदौमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट एक अर्ब ३८ करोड ३९ लाख चार हजार रूपैयाँ राजस्व संकलन भएको हो।

images
images

कार्यालयले गत आव २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रूपैयाँको लक्ष्य राखकामा लक्ष्यको ७८ दशमलव चार प्रतिशत राजस्व संकलन गरेको थियो।

चालु आवमा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजार रूपैयाँले राजस्वको लक्ष्य घटाएको छ। रासस


प्रकाशित : शनिबार, असोज ५ २०८१११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend