मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

images
शनिबार, असोज ५ २०८१
images
चिया निर्यात ५२ प्रतिशतले बढ्यो

चालु आवको साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो।

images
images

झापा- मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ।

images
images
images

कार्यालयको तथ्यांकअनुसार चालु आवको साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो।

images
images

गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो। 

images
images

प्राप्त तथ्यांकअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ। चालु आव २०८१/८२ को दुई महिनामा रु एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ। जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो। गत आवमा सो अवधिमा ६९ करोड ९३ लाख ६४ हजार रूपैयाँ बराबरको चिया निर्यात गरिएको थियो।

दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए। भारतबाट अझै माग बढेकाले चियाको निर्यात यो वर्ष थप बढ्ने उनको दाबी छ।

गत आव २०८०/८१ मा १३ हजार ४३३ मेट्रिकटन अर्थात् तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार रूपैयाँ बराबरको चिया भारत निर्यात भएको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात दशमलव ६८ प्रतिशले घटेको थियो। रासस


प्रकाशित : शनिबार, असोज ५ २०८१११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend