आइतबार, मंसिर ९ गते २०८१    
images
images

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

images
शनिबार, असोज ५ २०८१
images
images
वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ।

images
images

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। 

images
images
images

भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ।

images

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै एक अर्ब रूपैयाँले राजस्व बढेको जानकारी दिए। गत आवको भदौसम्म ३५ अर्ब ४४ लाख ४२ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत अर्थात् २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

images

प्रशासक लामिछानेका अनुसार सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए। 'विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ', उनले भने।

भन्सार विभागले गत साउनमा १६ अर्ब ८६ करोड ८७ लाख रूपैयाँ संकलनको लक्ष्य लिए पनि १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। कार्यालयका अनुसार गत आवको साउनमा १८ अर्ब ७० करोड ४० लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा १३ अर्ब २३ करोड ९८ लाख रूपैयाँ राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : शनिबार, असोज ५ २०८११०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend