मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार रुपैयाँ ठगी गर्ने पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ४ २०८१
images
क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार रुपैयाँ ठगी गर्ने पक्राउ

यस्तै प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक प्वाइन्टबाट तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका-१० घर भइ हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

images
images

'आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै दुई जना पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो' उनले भने।

images
images

निजलाई सुन्दरीजलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभागमा पठाइएको सूचना अधिकारी आचार्यले बताए। 

यस्तै प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट आज तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा सिराहा लाहान नगरपालिका-१७ बस्ने २२ वर्षीय शिवशङ्कर ठाकुर, २४ वर्षीय अर्जुनकुमार यादव तथा लाहान नगरपालिका-४ स्थित बस्ने वर्ष २८ को सञ्जिवकुमार यादव रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

'प्रहरी प्रभाग नागढुङ्गा तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्रामसहित आज बिहान पक्राउ गरेको हो' उनले भने।

सप्तरीदेखि काठमाडौंतर्फ आउँदै गरेको बाप्र ०३-००१ ख २७२८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार निजहरुलाई अवैध लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 


प्रकाशित : शुक्रबार, असोज ४ २०८११८:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend