मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

समयमै भुक्तानी गर्न लुम्बिनी विकास कोषअन्तर्गत परियोजनामा काम गरिरहेका व्यवसायीको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ४ २०८१
images
समयमै भुक्तानी गर्न लुम्बिनी विकास कोषअन्तर्गत परियोजनामा काम गरिरहेका व्यवसायीको माग

निर्माण व्यवसायीहरुले कोषसमक्ष भुक्तानी प्रक्रिया तुरुन्तै सरलीकरण गर्न र यसमा भएका ढिलासुस्तीहरु समाधान गर्न आग्रह गरेका छन्।

images
images

काठमाडौं- लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुले समयमै भुक्तानीको माग गरेका छन्।

images
images
images

लुम्बिनी-एएनके-खड्का कृष्ण जेभी, लामा-एपेक्स-कमलजीत जेभी, रमण-गजुरमुखी जेभी र खानी-अर्घाखाँची-बाबुल जेभीले संयुक्त विज्ञप्ति जारी गरी निर्माणको भुक्तानी समयमै गर्नका लागि माग गरेका हुन्।

images
images

निर्माण व्यवसायीहरुले कोषसमक्ष भुक्तानी प्रक्रिया तुरुन्तै सरलीकरण गर्न र यसमा भएका ढिलासुस्तीहरु समाधान गर्न आग्रह गरेका छन्। उनीहरुले समयमै भुक्तानी नभए सम्पूर्ण निर्माण कार्य रोक्नेसमेत स्पष्ट पारेका छन्। 

images
images

'निर्माण व्यवसायीले समयमा प्रस्तुत गरेका बिलहरु भुक्तानी प्रक्रियालाई तुरुन्तै अघि बढाउन आग्रह गर्दछौँ, भुक्तानी प्रक्रियामा भएको विलम्बले व्यवसायीलाई वित्तीय व्यवस्थापनमा असर पारेको छ', विज्ञप्तिमा भनिएको छ। 


प्रकाशित : शुक्रबार, असोज ४ २०८११८:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend