बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

जलवायुमा बहुपक्षीय बैंकहरूको लगानी बढ्दै, एमडीबीएसबाट १२५ अर्ब डलर लगानी

शनिबार, असोज ५ २०८१
जलवायुमा बहुपक्षीय बैंकहरूको लगानी बढ्दै, एमडीबीएसबाट १२५ अर्ब डलर लगानी

एमडीबीएसले प्रत्येक डलर लगानीले जलावायु परिवर्तनका असर न्यूनीकरण तथा प्रतिरोध, अनुकूलन जस्ता विषयमा धेरै प्रभाव पार्ने उल्लेख गरेको छ।

काठमाडौं- बहुपक्षीय विकास बैंक (एमडीबीएस) ले सन् २०२३ मा हालसम्मकै उच्च १२५ अर्ब डलर जलवायु क्षेत्रमा लगानी गरेको छ। शुक्रबार सार्वजनिक भएको प्रतिवेदनअनुसार यसअघिको महात्वाकांक्षी घोषणाअनुसार नै लगानी भइरहेको बताइएको छ। 

सन् २०१९ को तुलनामा दोबर लगानी गरिएको बताइएको छ। विभिन्न बहुपक्षीय बैंकहरू रहेको यो अन्तर्राष्ट्रिय वित्तीय गठनबन्धनले पछिल्लो समय जलवायुको क्षेत्रमा एकद्वारबाट लगानी गर्ने नीति लिएको छ। यसका लागि आपसी सहकार्य र समन्वय गर्दै आएका छन्। 

एडीबी, विश्व बैंक, एआईआईबी, ईआईबी, एएफडीबी, सीईबी, ईबीआरडी, एनडीबी लगायतका बुहपक्षीय बैंकहरू यसमा रहेका छन्। 

सन् २०२३ मा ७४ अर्ब डलर न्यून मध्यम आय भएका मुलुकमा र ५० अर्ब उच्च आय भएका मुलुकमा लगानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। कोप-२९ भन्दा ठीक अगाडि सार्वजनिक प्रतिवेदनले जलवायु परिवर्तनको क्षेत्रमा आवश्यक लगानी, अहिलेको लगानीको अवस्था र भविष्यमा आवश्यक कति हो भन्ने विषयमा विस्तृत विश्लेषण गरिएको छ। 

एमडीबीएसले प्रत्येक डलर लगानीले जलावायु परिवर्तनका असर न्यूनीकरण तथा प्रतिरोध, अनुकूलन जस्ता विषयमा धेरै प्रभाव पार्ने उल्लेख गरेको छ। 

विश्वभरको वित्तीय क्षेत्रको ध्यान जलवायु परिवर्तन केन्द्रित भएर लगानी पनि सोहीअनुसार प्रवाह भइरहँदा नेपालजस्तो जोखिममा रहेको मुलुकले भने यसमा लगानी ल्याउन सकिरहेको छैन। छिटफुट ऊर्जाबाहेक उल्लेख्य लगानी ल्याउन सरकार असफल भइरहेको छ। 

धेरै जोखिम भएका संसारकै १० मुलुकमा पर्ने नेपालले यो क्षेत्रमा लगानी ल्याउनका लागि आवश्यक संरचना र जनशक्तिसमेत तयार पारेको छैन। यहि भएर प्रतिवेदन लेख्न तालिम दिने नीति सरकारले केही समयअघि ल्याएको थियो। 


प्रकाशित : शनिबार, असोज ५ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend