शनिबार, असोज ५ गते २०८१    
images
images

दाेस्राे बजारमा बुक भ्यालुका हिसाबले उत्कृष्ट यी पाँच हाइड्रोपावर कम्पनी, कुनको कति?

images
शनिबार, असोज ५ २०८१
images
images
दाेस्राे बजारमा बुक भ्यालुका हिसाबले उत्कृष्ट यी पाँच हाइड्रोपावर कम्पनी, कुनको कति?
images
images

काठमाडौं- सेयर बजारका लगानीकर्ताले धेरै सूचकको अध्ययन गरेर लगानी गर्ने गर्दछन्। त्यसमध्ये महत्वपूर्ण सूचकको रुपमा बुक भ्यालु पनि पर्दछ। बुक भ्यालु धेरै भएको कम्पनीलाई लगानी गर्न उपयुक्त कम्पनीको रुपमा लिने गरिन्छ।

images
images
images

त्यसो त बुक भ्याल्यूसँगै अन्य थुप्रै पक्ष र विषयहरूलाई पनि लगानीकर्ताले सँगसँगै ध्यान दिनुपर्ने हुन्छ। बुक भ्याल्यूसँगै जोडिएर आउने अर्को महत्वपूर्ण टर्म मार्केट भ्याल्यू हो।

बुक भ्याल्यूसँग मार्केट भ्याल्यूलाई तुलना गरेर हेर्ने चलन पनि हुन्छ। सम्पतिका आधारमा कम्पनीको वास्तविक भ्याल्यू निर्धारण गर्ने गणना विधिका रुपमा बुक भ्याल्यूलाई लिने गरिएको छ।

यहाँ बुक भ्यालुका आधारमा उत्कृष्ट पाँच हाइड्रोपावर कम्पनीको चर्चा गरिएको छ।

images

बुटवल पावर कम्पनी

बुटवल पावर कम्पनी हाइड्रोपावर कम्पनीहरूमध्ये सबैभन्दा धेरै बुक भ्यालु भएको कम्पनीमा पर्दछ। कम्पनीको बुक भ्यालु २०६.२५ रुपैयाँ रहेको छ। 

यसको सेयर मूल्य ४१५ रुपैयाँ रहेको छ। कम्पनीको पीइ रेसीयो ८०.२७ गुणा हुँदा प्रतिसेयर आम्दानी ५.१७ रुपैयाँ रहेको छ। कम्पनीको पछिल्लो एकवर्षमा ५३६ रुपैयाँसम्म पुगेको सेयर मूल्य न्यूनतम २८४ रुपैयाँमा पनि कारोबार भएको थियो। 

ङादी ग्रुप पावर कम्पनी

बुक भ्यालुका हिसाबले दोस्रो नम्बरमा रहेको कम्पनी ङादी ग्रुप पावर कम्पनी हो। दोस्रो बजारमा ४४६ रुपैयाँमा कारोबार भएको कम्पनीको बुक भ्यालु १८२.६८ रुपैयाँ रहेको छ।

कम्पनीको पीइ रेसीयो ३२५.५५ गुणा रहेको कम्पनीको प्रतिसेयर आम्दानी १.३७ रुपैयाँ रहेको छ। कम्पनीको पछिल्लो एकवर्षमा सेयर मूल्य १०८ प्रतिशतले बढेको छ।

पछिल्लो ५२ हप्तामा ५३० रुपैयाँ सम्म पुगेको कम्पनीको सेयर मूल्य १९० रुपैयाँमा न्यूनत मूल्यमा समेत कारोबार भएको थियो। 

सानिमा माइ हाइड्रोपावर 

बुक भ्यालुमा उत्कृष्ट तेस्रो नम्बरमा रहेको हाइड्रोपावर कम्पनी सानिमा माइ हाइड्रो हो। कम्पनीको बुक भ्यालु १७४.१५ रुपैयाँ रहेको छ।

कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता ५०६ रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १०.७२ रुपैयाँ रहेको छ। कम्पनीको पीइ रेसीयो ४७.२० गुणा रहेको छ। पछिल्लो एकवर्षमा ४६ प्रतिशतले सेयर मूल्य बढेको छ। 

साहस ऊर्जा 

साहज ऊर्जा लगानीकर्ताको रोजाइमा पर्दै आएको आकर्षक कम्पनी हो। कम्पनीको बुक भ्यालु १७३.३३ रुपैयाँ रहेको छ।

कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता ५८७ रुपैयाँमा कारोबार भएको सेयर मूल्य पछिल्लो एकवर्षमा ३७ प्रतिशतले बढेको छ। कम्पनीको पीइ रेसीयो ४९.४४ गुणा हुँदा प्रतिसेयर आम्दानी ११.८९ रुपैयाँ रहेको छ। 

कुथेली बुखरी स्मल हाइड्रोपावर

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी जलविद्युत समूहमा सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनीको हो। बुक भ्यालुका हिसाबले उत्कृष्ट पाँचौँमा रहेको कम्पनीको बुक भ्यालु १६१.९५ रुपैयाँ रहेको छ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९५० रुपैयाँमा कारोबार भएको छ। कम्पनीको पछिल्लो एकवर्षमा १४४ प्रतिशतले सेयर मूल्य बढेको छ भने पीइ रेसीयो १५०.८१ गुणा रहेको छ। 


प्रकाशित : शनिबार, असोज ५ २०८१०६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend