काठमाडौं- लगातार ओरालो लागेको सुनको मूल्य आज शुक्रबार भने पुनः उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ लाख ५५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आज शुक्रबारका लागि १ लाख ५७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।
यस्तै चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबारका लागि १ हजार ९ सय १५ रुपैयाँ निर्धारण भएको छ।