शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लगातार बढेको सेयर बजारमा ‘ब्रेक’, कारोबार रकम सुधारोन्मुख

images
बुधबार, पुस २८ २०७८
images
लगातार बढेको सेयर बजारमा ‘ब्रेक’, कारोबार रकम सुधारोन्मुख
images
images

काठमाडौं- लगातार बढेको सेयर बजारमा बुधबार ‘ब्रेक’ लागेको छ। झन्डै दुई साता अगाडिदेखि बढीरहेको सेयर बजारमा बुधबार करेक्सन आएको हो। 

images
images
images

बैंकलाई तिर्ने किस्ता र ब्याजको दबाबबीच पुस अन्तिम साता सेयर बजार लगातार उकालो लागेको थियो। बैंकमा लगानीयोग्य रकम बढ्न थालेपछि सेयर बजारमा प्रभाव परेको हो। 

images
images

दुई सातादेखि लगातार बढ्न थालेको सेयर बजार यो साताको तेस्रो दिनसम्म बढेको थियो। यो साताको चौथो दिन भने सेयर बजार घटेको हो।

images
images

बुधबार ३०.५१ अंकले घटेर २८०३.६२ बिन्दुमा झरेर छ। बुधबार कारोबार रकममा भने सुधार भएको छ। १ करोड ६१ लाख कित्ता सेयर कारोबार हुँदा बुधबार ८ अर्ब ३३ लाख रूपैयाँको कारोबार भएको छ। २९ कम्पनीको सेयर मूल्य बढ्दा १५८ कम्पनीको सेयर मूल्य घटेको छ।

यसअघि आइतबार ७३.०५ अंकले बढेको बजार सोमबार १९.३४ अंकले बढेको थियो। मंगलबार ४९.१९ अंकले बढेर २८३४.१३ अंक पुगेको थियो। 

 

 


प्रकाशित : बुधबार, पुस २८ २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend