शनिबार, चैत ९ गते २०८१    
शनिबार, चैत ९ २०८१
images
images

दसैँका लागि हुम्लामा खाद्यान्नमा प्रतिकेजी पाँच रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ४ २०८१
images
images
दसैँका लागि हुम्लामा खाद्यान्नमा प्रतिकेजी पाँच रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट

सहुलियत मूल्यमा खाद्यान्न असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गरिने जनाइएको छ। गत वर्ष पनि उक्त कार्यालयले छुटमा खाद्यान्न बिक्री गरेको थियो।

images
images

हुम्ला- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी पाँच रुपैयाँ छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ।

images
images

दसैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए। 
 
कार्यालयले यहाँका नागरिकलाई २५ केजीका ६ किसिमका चामल बिक्री गर्दै आएको छ भने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर सात रुपैयाँ छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए। 

images
images

अरुवा मोटा चामलको एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली एक हजार सात सय २५, स्टिम जिरामसिनो दुई हजार दुई सय ५० मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ। यसअघि अरुवा मोटा चामलको एक हजार छ सय ५०, अरुवा सोना मन्सुली एक हजार आठ सय ५०, स्टिम जीरा दुई हजार तीन सय ७५ रुपैइाँमा बिक्री हुँदै आएको थियो । 

images
images

२५ केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट एक सय २५ छुटमा बिक्री हुन लागेको हो। यस्तै सूर्यमुखी तेल प्रतिपेटीको दुई हजार दुई सय ३० र तोरी तेलको प्रतिपेटी दुई हजार ३० मा विक्री हुन लागेको हो।

सहुलियत मूल्यमा खाद्यान्न असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गरिने जनाइएको छ। गत वर्ष पनि उक्त कार्यालयले छुटमा खाद्यान्न बिक्री गरेको थियो। रासस


प्रकाशित : शुक्रबार, असोज ४ २०८११०:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend