बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एसियाली निक्षेप तथा कर्जा सुरक्षण संस्थाका प्रतिनिधि काठमाडौंमा भेला हुँदै

बिहीबार , असोज ३ २०८१
एसियाली निक्षेप तथा कर्जा सुरक्षण संस्थाका प्रतिनिधि काठमाडौंमा भेला हुँदै

सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ लगायत मुलुकका सुरक्ष्ण सस्थाहरूको सहभागिता रहनेछ।

काठमाडौं- नेपालमा एसिया महादेशमा रहेका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरूलो भेला हुने भएको छ। 

शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरुको सम्मेलन(एसिक कन्फरेन्स)मा ती देशका सरकारी निकायहरु सहभागी हुने भएका हुन्। ३६ औं एसिक सम्मेलन नेपालले ३० बर्ष पछि गर्न लागेको हो। 

निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औं बार्सिकोत्सव एवम् एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन आगामी सोमबारसम्म सञ्चालन हुनेछ। 

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायहरुको आआफ्नो देशको अनुभवसहित यश क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए। सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको उनले बताए। 

सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ लगायत मुलुकका सुरक्ष्ण सस्थाहरूको सहभागिता रहनेछ।


प्रकाशित : बिहीबार , असोज ३ २०८११८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend