आइतबार, मंसिर ९ गते २०८१    
images
images

जोमसोम बसपार्क सञ्चालनमा, प्रतिघण्टा २५ रूपैयाँसम्म पार्किङ शुल्क

images
बिहीबार , असोज ३ २०८१
images
images
जोमसोम बसपार्क सञ्चालनमा, प्रतिघण्टा २५ रूपैयाँसम्म पार्किङ शुल्क

विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो।

images
images

म्याग्दी- अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ।

images
images
images

विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो। घरपझोङ गाउँपालिका-३ एक्लेभट्टी र वडा नं ४ जोमसोममा दुई वर्षअघि बसपार्क निर्माण भएको थियो। 

images

यातायात व्यवसायी र सर्वसाधारणले सडक छेउमा सवारीसाधन पार्किङ गर्दा जोमसोम बजार अस्तव्यस्त बन्नाका साथै दुर्घटनाको जोखिम बढेको थियो। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बजारभित्रका यातायात कम्पनीका टिकट काउन्टर हटाएर लामो तथा छोटो दुरीका सवारीसाधन बसपार्कमा पार्किङ गराउन थालिएको जानकारी दिए।

images

'पहिलो चरणमा सार्वजनिक यातायातका साधनहरु बसपार्कभित्र पार्किङ गराउने र छुटाउने व्यवस्था मिलाएका छौँ', अध्यक्ष लालचनले भने 'बजारभित्र यात्रु चढाउने र ओराल्ने गरी निजी तथा पर्यटक सवारीसाधनलाई पनि अनिवार्य बसपार्कको प्रयोग गर्नुपर्ने नियम लागु गराएका छौँ।'

गाउँपालिकाले प्रतिस्पर्धामार्फत जोमसोमका सुरेश थकालीलाई २० लाख रूपैयाँमा एक वर्षका लागि बसपार्क सञ्चालन र व्यवस्थापन गर्न ठेक्का सम्झौता गरेको उनले जानकारी दिए। सीसीटीभी क्यामेरा जडान गरिएको बसपार्कमा सुरक्षाको व्यवस्था तथा टिकट काउन्टरको सहज पहुँचको व्यवस्था गरिएको उनले बताए। 

जोमसोमको प्रवेशद्वारस्थित एक्लेभट्टीमा घरपझोङ गाउँपालिकाले ४८ लाख रूपैयाँ खर्च गरेर निर्माण गरेको बसपार्कमा करिब एकसय बस, जिप, ट्याक्सी अटाउन सक्ने क्षमता छ।

सहरी विकास तथा भवन आयोजना बागलुङले दुई करोड ५० लाख रूपैयाँको लागतमा जोमसोमबाट ठिनी र कागबेनीतर्फ जाने सडकको चोकमा निर्माण गरेको बसपार्कमा एकसय ५० सवारीसाधन पार्किङ गर्न सकिन्छ।

विसं २०७३ मा निर्माण सुरु भएको यो बसपार्क विसं २०७९ मा सम्पन्न भइ गत वर्ष गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो।  ३० लाख रूपैयाँ लगानी गरेर बसपार्कमा थप पूर्वाधार विस्तार र मर्मत गरी सञ्चालनमा ल्याइएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताए। 

बसपार्क प्रयोग गरेबापत ट्रक, बस, ट्याक्टर, लोडर र डोजरलाई प्रतिघण्टा २५ रूपैयाँ, हलुका सवारीसाधनलाई १५ रूपैयाँ र मोटरसाइकललाई १० रूपैयाँका दरले पार्किङ शुल्क तोकिएको छ। रासस


प्रकाशित : बिहीबार , असोज ३ २०८११४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend