शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

आन्तरिक राजस्व कार्यालय झापाले दुई महिनामा उठायो ४९ करोड ९४ लाख राजस्व

images
बिहीबार , असोज ३ २०८१
images
images
आन्तरिक राजस्व कार्यालय झापाले दुई महिनामा उठायो  ४९ करोड ९४ लाख राजस्व

आन्तरिक राजस्व कार्यालयको चालु आवमा चार अर्ब ६१ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ।

images
images

झापा- आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो।

images
images

आन्तरिक राजस्व कार्यालयको चालु आवमा चार अर्ब ६१ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद आचार्यले बताए।

images
images

'साउन र भदौ महिनामा ५७ करोड ३६ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८७ दशमलव ६१ प्रतिशत राजस्व संकलन भयो। चालु आवको पहिलो दुई महिनामा मन्दीका कारण लक्ष्यअनुसार राजस्व संकलन भएन', उनले भने।

images
images
images

उक्त कार्यालयले आयकरबाट १५ करोड ७६ लाख १४  हजार, ब्याजबापत दुई करोड ६१ लाख १७ हजार, मूल्य अभिवृद्धि करबापत २० करोड १६ लाख ८७ हजार अन्तःशुल्कबापत १० करोड ७८ लाख आठ हजार रूपैयाँ संकलन गरेको छ। रासस


प्रकाशित : बिहीबार , असोज ३ २०८११०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend