शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

प्रयोगविहीन भयो झोलुङ्‍गे पुल

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ३ २०८१
images
images
प्रयोगविहीन भयो झोलुङ्‍गे पुल

'धेरै ठाउँमा पुल छैनन्, तर यहाँ एकै ठाउँमा दुईवटा पुल भए। त्यसैले झोलुङ्‍गे पुल नभएको ठाउँमा लैजान सकिए नागरिकलाई सहज हुन्थ्यो।'

images
images

तुलसीपुर- कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्‍गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो। यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो।

images
images

अचेल त्यही पुल प्रयोगविहीन बनेको छ। करिब एकसय मिटर नजिकै पक्की मोटरेवल पुल बनेपछि झोलुङ्‍गे पुल प्रयोगविहीन हुन पुगेको स्थानीय शान्तकुमार बुढाले बताए।

images
images

'पहिले यही पुल नै हाम्रो लागि नदी वारपार गर्ने माध्यम थियो। त्यसताका बरदानजस्तै बनेको थियो झोलुङ्‍गे पुल', उनले भने, 'तर अचेल नजिकै मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुगेको छ।'

images
images
images

विगतमा राजपुर गाउँपालिकासँग राजमार्ग नजोडिएकाले यही पुलले सम्बन्ध जोडेको थियो। हाल प्रयोगविहीन भएकाले त्यसलाई अन्य आवश्कता भएको ठाउँमा लैजान सकिएमा त्यसको उपयोगिता हुने स्थानीको भनाइ छ।

'धेरै ठाउँमा पुल छैनन्, तर यहाँ एकै ठाउँमा दुईवटा पुल भए। त्यसैले झोलुङ्‍गे पुल नभएको ठाउँमा लैजान सकिए नागरिकलाई सहज हुन्थ्यो', बुढाले भने। 

यहाँ चार वर्षअघि ३५ करोड रुपैयाँको लागतमा दुई सय ८० मिटर लामो मोटरेवल पुल बनेको छ। उक्त पुल बनेपछि सवारीसाधन सञ्चालन र स्थानीयलाई आवतजावत गर्न सहज भएको छ। यही पुल तरेर हुलाकी राजमार्ग जान सकिन्छ। यहाँ पुल निर्माण भए पनि सडक स्तरवृद्धि भने हुन सकेको छैन। रासस


प्रकाशित : बिहीबार , असोज ३ २०८११०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend