आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, अझै छ वर्षाको सम्भावना

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ३ २०८१
images
न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, अझै छ वर्षाको सम्भावना

आज काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्रिसेल्सियस रहनेछ। उपत्यकामा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

images
images

काठमाडौं- देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

images
images
images

मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जसकारण देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।

images
images

महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकानुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ। उनका अनुसार आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

images
images

आज काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्रिसेल्सियस रहनेछ। उपत्यकामा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

मौसम बुलेटिनअनुसार आज देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणयता बदली र बाँकी भूभागमा आंशिकदेखि मुख्यता सफा रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी पहाडी भू-भागको एक÷दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

रातिको समयमा कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यवर्षाको सम्भावना रहेको छ। रासस


प्रकाशित : बिहीबार , असोज ३ २०८१०९:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend