मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

मुसहर बस्तीमा खानेपानी अभाव

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २८ २०७८
images
images
मुसहर बस्तीमा खानेपानी अभाव
images
images

जलेश्वर- महोत्तरीको एकडारा गाउँपालिका–४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव छ। दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) छैन।

images
images

स्थानीयवासी सिकिन्दर सदा मुसहरले सबैले खानेपानी ल्याउनका लागि गाउँको सार्वजनिक स्थानमा रहेको पाइप वा बस्तीदेखि अलि टाढा रहेको विद्यालय र वडा कार्यालय जाने गरेका जानकारी दिए। स्थानीयवासी ६० वर्षीया जिवछी सदा मुसहरनीले आफूहरु यहाँ चार पुुस्तादेखि बस्दै आएकामा अहिलेसम्म निजी खानेपानी पाइप जोड्न नसकेको बताए।

images
images

स्थानीयवासी तेतरी सदाले मुसहरसँग आफ्नो खानेपानी पाइप नरहेको अवस्थामा बस्ती नजिकै रहेको अन्य जातीको पाइपमा पानी ल्याउन जाँदा दलित भन्दै पानी भर्न नदिने, पाइपको किल्ली (नटबाल्टु) निकालेर राखिदिने र कहिलेकाँही छोइए गालीगलोजसमेत गर्ने गरेको बताए।

images
images
images

स्थानीयवासी रामसखी सदाले बालबालिका पनि पानीका लागि अरुको पाइपमा जाँदा कुटपिट गरिदिने, गाली गरिदिने कारण कुनै दिन अरु आफूलाई ठूला जात भन्नेसँग ठूलो झगडासमेत गर्ने गरेको बताइन्। रासस


प्रकाशित : बुधबार, पुस २८ २०७८०८:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend