बिहीबार , असोज ३ गते २०८१    
images
images

आकर्षक तलबमा दुबई र अल्बानिया पठाउने प्रलोभनमा पारी ८ लाखभन्दा बढी ठगी

images
बुधबार, असोज २ २०८१
images
images
आकर्षक तलबमा दुबई र अल्बानिया पठाउने प्रलोभनमा पारी ८ लाखभन्दा बढी ठगी

आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ८ लाख रूपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानियालगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images
images

काठमाडौंको नागार्जुन बस्ने स्याङ्जाका २८ वर्षीय राजन अर्याल र भक्तपुर, मध्यपुरथिमी बस्ने झापाका ४६ वर्षीय जय नारायण राजवंशीलाई प्रहरीले ठगी अभियोगमा पक्राउ गरेको हो।

पक्राउ परेका राजनले एकजना पीडितबाट ३ लाख रूपैयाँ र जय नारायणले एकजना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन्।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

images


प्रकाशित : बुधबार, असोज २ २०८११८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend