शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

भीजी इम्पेक्सले खुलायो बहुप्रतीक्षित ट्यांक३०० र ट्यांक५०० को बुकिङ

images
बुधबार, असोज २ २०८१
images
images
भीजी इम्पेक्सले खुलायो बहुप्रतीक्षित ट्यांक३०० र ट्यांक५०० को बुकिङ

ट्यांक ३०० को मूल्य १ करोड ८५ लाख र ट्यांक ५०० को मूल्य २ करोड २५ लाख रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- ग्रेटवाल मोटर्स नेपालले आफ्नो बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ। यसमा लक्जरी ७ सिटर एसयूभी ५०० र ५ ५ सिटर एसयूभी ३०० समावेश छन्। यी दुवै एसयूभी हाइब्रिड प्रविधि प्रयोग गरेर उत्पादन गरिएका हुन्। 

images
images
images

ट्यांक ब्रान्डले पहिलो पटक २९ अगस्ट २०२१ मा छेन्दु अटो शोमा डेब्यु गरेको थियो र चीनमा १८ मार्च २०२२ मा आधिकारिक रूपमा लन्च भएको थियो। यसको विश्वव्यापी सफलता र बिक्रीमा उल्लेखनीय उपलब्धि प्राप्त गरेको छ।

ट्यांक ब्रान्ड जीडब्लूएमको उच्च(स्तरीय अफ(रोड सवारी साधनको प्रतिनिधित्व गर्दछ र एसयूभीको नयाँ ट्रेन्ड सेट गर्न लक्ष्य राख्दछ। यसको लोगोमा रहेका टी र यू अक्षरहरूले गहिरो अर्थ बोकेको छ। टीले ट्यांक ब्रान्ड, प्रविधि, र ट्रेन्डको प्रतिनिधित्व गर्छ भने यूले प्रयोगकर्ता र एकता को प्रतीक हो।

images

ट्यांक ५०० र ट्यांक ३०० मोडलहरूलाई इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र न्युजिल्यान्ड जस्ता प्रमुख बजारहरूमा प्रस्तुत गरिएको छ र यी मोडलहरूलाई प्रयोगकर्ताहरूबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ।

images

TANK 300  500.jpeg

जीडब्लूएमको नवाचार रणनीति अन्तर्गत ट्यांक ब्रान्डले डिजिटलाइजेसन र चालकको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राख्दछ। ग्रेटवालले नयाँ, भरपर्दो, र उच्च(गुणस्तरका मोडलहरू प्रस्तुत गर्दै अफ(रोडभन्दा बढी अनुभव प्रदान गर्छ।

ट्यांक ५०० र ट्यांक ३०० नेपालमा २।० लिटर टर्बो पेट्रोल एचईभी मोडलमा उपलब्ध छन्। जसमा ९(स्पीड स्वचालित ट्रान्समिसन छ र यी मोडलहरूले २ सय ५८ किलोवाट पिकपावर र ६ सय ४८ एनएम टर्क प्रदान गर्छन्। ट्यांक ३०० को मूल्य १ करोड ८५ लाख र ट्यांक ५०० को मूल्य २ करोड २५ लाख रुपैयाँ तोकिएको छ। 

भीजी इम्पेक्सले यी दुवै शक्तिशाली हाइब्रिड एसयूभीको बुकिङ खुला गरेको हो। ट्यांक ५०० गएको महिना नेपाली बजारमा भित्रिएक थियो। ट्यांक ३०० पनि नेपाल आएको कम्पनीले जनाएको छ। 

जीडब्लूएम कम्पनी विश्वभर ८० भन्दा बढी सहायक कम्पनीहरूसँग काम गरिरहेको छ र ७० हजारभन्दा बढी कर्मचारीहरूको ठूलो कार्यबलसहित सवारी उत्पादनमा लागेको छ। लगातार ६ वर्षसम्म जीडब्लूएमले वार्षिक रूपमा १० लाखभन्दा बढी गाडीहरू बिक्री गरेको छ। भीजी इम्पेक्सले जीडब्लूएमका यी मोडेलहरूलाई नेपाली बजारमा प्रस्तुत गर्दै देशभर बिक्री र बिक्रीपछिका सेवाहरूलाई विस्तार गर्दै नेपालको अटोमोटिभ क्षेत्रमा योगदान पुर्याइरहेको छ।


प्रकाशित : बुधबार, असोज २ २०८११४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend