आइतबार, मंसिर ९ गते २०८१    
images
images

निजी क्षेत्रलाई निषेध र नियन्त्रणको प्रयासले अर्थतन्त्रको यो हविगत भयो - चन्द्र ढकाल

images
बुधबार, असोज २ २०८१
images
images
निजी क्षेत्रलाई निषेध र नियन्त्रणको प्रयासले अर्थतन्त्रको यो हविगत भयो - चन्द्र ढकाल
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई निषेध र नियन्त्रणको नीति लिँदा अर्थतन्त्रमा अहिलेसम्म समस्या देखिएको बताएका छन्। 

images
images
images

महासंघले तयार पारेको बिजनेस इन्टेलिजेन्स पोर्टलको सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार विगतमा नियन्त्रणकारी नीतिमा अघि बढ्दाको परिणाम अहिले अर्थतन्त्रले भोगिरहेको बताए। 

images

विगतमा नेपाल राष्ट्र बैंकले आयात नियन्त्रणका लागि भन्दै कडा नीतिगत व्यवस्था गरेको थियो। सरकारले पनि आयात प्रतिबन्ध लगाएको थियो। एकातिर आयात प्रतिबन्ध र अर्कोतिर कर्जा प्रवाहमा गरिएको कडाइले अर्थतन्त्र निकै शिथिल बनेपछि महासंघ तथा निजी क्षेत्र निरन्तर रुपमा विपक्षमा उत्रिँदै आएको थियो। 

images

‘हामीले त्यतिबेलै भनेका हौं कि यसरी निषेधको नीति नलिउँ भनेर, हामीले दिएको सुझावलाई कार्यान्वयन नगर्दा अर्थतन्त्रमा अहिलेसम्म समस्या छ’ ढकालले भने। 

सबल निजी क्षेत्र र व्यवस्थित बजारबाटमात्र अहर्थतन्त्रको उत्थान हुने, रोजगारी सिर्जनामा वृद्धि हुने सर्वसिद्ध तथ्य भएको उनको भनाइ छ। तर हामीकहाँ निजी क्षेत्र निरन्तर निगरानीमा छ । नियामक र निगरानी बढाउने नीति नियम एकपछि अर्को कदम चाल्दै निजी क्षेत्रलाई दुर्बल बनाउने प्रयास भइरहेको निजी क्षेत्रले आरोप लगाउँदै आएको छ। लगानी र नाफा संकुचन हुने पर्याप्त आधार देखिएकै कारण लगानी बढ्न  नसकेको ढकालको भनाइ छ। 

‘हामीले कार्यभार सम्हाल्दै गर्दा देखि नै मागलाई संकुचित नगर्न र निजी क्षेत्रलाई अंकुश नलगाउन बारम्बार आग्रह गरिरहेका छौं । यसको सुनुवाइ नहुँदा नै बजार पनि चलायमान हुन सकेको छैन’ ढकालले भने,’हामीले भनेका थियौ, निर्यातमा नियन्त्रण नगरौ, ब्याजलाई उच्च दरमै कायम राख्न नीतिगत दबाव सिर्जना नगरौ । तर सुनुवाइ भएन । अहिले वित्तिय क्षेत्रमा निक्कै तरलता छ भने ब्याजदर पनि तल आइसकेको छ । तर पनि बजारमा अपेक्षित माग बढन सकेको छैन । र ऋण प्रवाह बढन सकेको छैन्।’


प्रकाशित : बुधबार, असोज २ २०८११३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend