काठमाडौं- बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ। मंगलबार ९१ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९२ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि बुधबारका लागि तोलामा ५ रुपैयाँ बढेको हो। मंगलबार १२ सय ३० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १२ सय ३५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।