मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

दुई महिनाको सरकारी बजेट खर्च एक खर्ब ३७ अर्ब, एक खर्ब ६९ अर्ब राजस्व असुली

images
मंगलबार, असोज १ २०८१
images
दुई महिनाको सरकारी बजेट खर्च एक खर्ब ३७ अर्ब, एक खर्ब ६९ अर्ब राजस्व असुली

चालु आर्थिक वर्षको को सुरुवाती दुई महिनामा सरकारले वार्षिक लक्ष्यको ११ दशमलव ५२ प्रतिशत राजस्व असुली गरेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कुल विनियोजनको सात दशमलव ३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रूपैयाँ बराबर बजेट खर्च भएको हो।

images
images
images

चालु आवका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो। यो अवधिमा चालुतर्फ सात दशमलव २८ प्रतिशत अर्थात् ८२ अर्ब ९८ करोड ६५ लाख रूपैयाँ बराबर खर्च भएको छ।

images
images

चालु आवका लागि सरकारले चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रूपैयाँ बराबर विनियोजन गरेको थियो।

images
images

पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रूपैयाँ बराबर बजेट विनियोजन भएकोमा चार दशमलव २३ प्रतिशत अर्थात् १४ अर्ब ८९ करोड ४० लाख रूपैयाँ बराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा १० दशमलव आठ प्रतिशत अर्थात् ३९ अर्ब ६७ करोड २२ लाख रूपैयाँ बराबर खर्च भएको छ।

यही अवधिमा सरकारले वार्षिक लक्ष्यको ११ दशमलव ५२ प्रतिशत राजस्व असुली गरेको छ। चालु आवका लागि कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रूपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा एक खर्ब ६९ अर्ब ५१ करोड ७९ लाख रूपैयाँ बराबर संकलन भएको छ।

यो अवधिमा संकलित राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ११ दशमलव ३१ प्रतिशत अर्थात् एक खर्ब ४५ अर्ब १९ लाख ३३ हजार रूपैयाँ असुली भएको छ। कर राजस्वतर्फ सरकारले कुल १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख रूपैयाँ बराबर उठाउने वार्षिक लक्ष्य राखेको छ।

गैरकर राजस्वतर्फ एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख रूपैयाँ बराबर वार्षिक लक्ष्य राखिएकोमा १५ दशमलव ६९ प्रतिशत अर्थात् २१ अर्ब १९ करोड ४३ लाख रूपैयाँ बराबर संकलन भएको छ। चालु आवका लागि सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख रूपैयाँ बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा हालसम्म वैदेशिक अनुदान उठाउन सकेको छैन। रासस


प्रकाशित : मंगलबार, असोज १ २०८११७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend