मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

पर्सामा बीमाप्रतिको आकर्षण न्यून

images
मंगलबार, असोज १ २०८१
images
पर्सामा बीमाप्रतिको आकर्षण न्यून

आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमा शुल्क संकलनमा पर्साको हिस्सा एक दशमलव ८८ प्रतिशत मात्रै छ।

images
images

पर्सा- आर्थिक र औद्योगिक नगरीको रुपमा परिचित पर्सा जिल्लामा जीवन बीमाप्रति सर्वसाधारणको आर्कषण न्यून देखिएको छ। बीमासम्बन्धी जनचेतनाको कमीले यहाँका सर्वसाधारणमा बीमाप्रतिको आकर्षण न्यून देखिएको हो। 

images
images
images

नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमा शुल्क संकलनमा पर्साको हिस्सा एक दशमलव ८८ प्रतिशत मात्रै छ। प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आर्थिक र औद्योगिक नगरीको रुपमा पर्सा चिनिए पनि जीवन बीमा र निर्जीवन बीमाप्रति सर्वसाधारणको आकर्षण न्यून रहेको जानकारी दिए।

images
images

'जिल्लामा आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमातर्फ जारी बीमालेख सङ्ख्या १२ हजार ५५  रहेको छ', उनले भने, 'जीवन बीमाको सक्रिय बीमालेख सङ्ख्या १२ लाख तीन हजार चारसय ७७ छ।'

images
images

प्राधिकरणका अनुसार गत आवमा जिल्लामा जीवन बीमाको भुक्तानी सङ्ख्या छ हजार आठ सय २० रहेको थियो। सो अवधिमा दाबी भुक्तानी रकम ८७ करोड ८८ लाख रूपैयाँ रहेको छ।

जिल्लामा आव २०८०/८१ सम्म जारी निर्जीवन बीमालेख सङ्ख्या ८४ हजार सातसय २३ रहेको छ। सो अवधिमा निर्जीवन बीमातर्फ बीमा शुल्क संकलन एक अर्ब १३ करोड १६ लाख रूपैयाँ रहेको छ।

त्यस्तै निर्जीवन बीमा शुल्क सूकलनमा जिल्लाले दुई दशमलव ७५ प्रतिशत मात्र हिस्सा ओगटेको छ। जिल्लामा निर्जीवन बीमाको दाबी भुक्तानी सङ्ख्या दुई हजार पाँच सय ६७ रहेको छ।

सो अवधिमा निर्जीवन बीमाको दाबी भुक्तानी रकम ६४ करोड ८२ लाख रूपैयाँ रहेको छ। रासस


प्रकाशित : मंगलबार, असोज १ २०८११६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend