मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त, डेढवर्ष बितिसक्दा १६ प्रतिशतमात्रै प्रगति

images
मंगलबार, असोज १ २०८१
images
मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त, डेढवर्ष बितिसक्दा १६ प्रतिशतमात्रै प्रगति

हाल यो सडकको चौडाइ सात मिटर छ। अब सडक कम्तीमा नौ मिटर चौडाइको बन्ने आयोजना कार्यालयले जनाएको छ।

images
images

चितवन- मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ। तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दासमेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ।

images
images
images

पृथ्वी राजमार्गमा पर्ने नागढुंगा-मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो। उक्त सडकखण्ड ३९ किलोमिटर छ। नागढुंगा-मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो।

images
images

नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार नक्सांकन परिवर्तन, बर्सात र चाडपर्वका कारण काम लक्ष्यअनुसार हुन नसकेको हो। भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्यांक गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएको आचार्यको भनाइ छ।

images
images

उनका अनुसार हाल पाँचवटा पुलको जग र पिल्लर निर्माण भएको छ। नाली निर्माण, मोड सुधार, टेवा पर्खालको काम, कल्भर्ट विस्तार र सडक चौडा भइरहेको छ। यस सडकका आठ पुलमध्ये छ पुल निर्माणका लागि ठेक्का लागेको थियो। तीमध्ये पाँचवटाको काम भइरहेको उनले जानकारी दिए। हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुंगिएकाले काम सुरु हुनसकेको छैन। हुग्दीको पुल वर्षातपछि थालिने उनले बताए।

सडक स्तरोन्नति विश्व बैंकको सहयोगमा थालिएको हो। शर्मा-जेडआई सीजी जेभीले चार अर्ब ८० करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको छ। यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइँदै छ।

हाल यो सडकको चौडाइ सात मिटर छ। अब सडक कम्तीमा नौ मिटर चौडाइको बन्ने आयोजना कार्यालयले जनाएको छ।

बाक्लो बस्तीका चार ठाउँमा सडक चार लेनको बन्नेछ। विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर सात दशमलव १५ किलोमिटर सडक चार लेनको बन्ने छन्। चार लेन सडक १४ मिटर फराकिलो हुने जनाइएको छ। 

राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद् काम गर्नुपरेको उनको भनाइ छ। बर्सातको समयमा काम गर्न कठिन भएकाले हिउँद लागेपछि कामले तीव्रता पाउने उनले बताए। रासस


प्रकाशित : मंगलबार, असोज १ २०८११५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend