बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

वाणिज्य बैंकहरूले औषत ९.६८ प्रतिशतमा कर्जा लगानी गर्दै, सेयर कर्जा १०.१५ प्रतिशत र घर कर्जा १०.१८ प्रतिशत ब्याजमा पाइने

images
बुधबार, असोज २ २०८१
images
images
वाणिज्य बैंकहरूले औषत ९.६८ प्रतिशतमा कर्जा लगानी गर्दै, सेयर कर्जा १०.१५ प्रतिशत र घर कर्जा १०.१८ प्रतिशत ब्याजमा पाइने

राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तसम्ममा वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा वाणिज्य बैंकहरूको कर्जाको औषत ब्याजदर ९.६८ प्रतिशतमा झरेको छ। जुन करिब तीन वर्षयताकै सस्तो ब्याजदर हो। गत असार मसान्तसम्ममा बैंकहरूको औषत ब्याजदर ९.९३ प्रतिशतमा थियो। 

images
images

बैंकहरूको औषत ब्याजदर ९.६८ प्रतिशतमा आएसँगै कतिपय कर्जाको ब्याजदर एकल अंकमा आएको छ। डिप्राइट सेक्टरतर्फ जाने कर्जाको ब्याजदर ८.९९ प्रतिशतमा आएको छ। गत असार मसान्तमा यस्तो कर्जा बैंकहरूले ९.१५ प्रतिशतमा लगानी गरेका थिए।

images
images

यस्तै बिल खरिदतर्फको ब्याजदर पनि घटेर ९.३९ प्रतिशतमा आएको छ। असारको तुलनामा साउनमा भने बिल खरिदको ब्याजदर सामान्यरुपमा बढेपनि एकल अंकमा नै रहेको छ।

images
images

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आवधिक कर्जा ब्याजदर १०.१३ प्रतिशत कायम भएको छ। असार मसान्तमा यस्तो कर्जाको ब्याजदर १०.३३ प्रतिशत रहेको थियो। 

ओभरड्राफ्ट शीर्षकअन्तर्गतको कर्जाको ब्याजदर हाल सबैभन्दा महँगो छ। ओभरड्राफ्ट कर्जाको ब्याजदर साउन मसान्तसम्ममा ११.०८ प्रतिशत कायम भएको छ।

यस्तै क्यास क्रेडिट कर्जाको ब्याजदर असारमा १०.२५ प्रतिशत रहेकोमा साउनमा घटेर १०.०३ प्रतिशत कायम भएको छ। 

चालु पुँजी कर्जाको ब्याजदर पनि साउनमा एकल अंकमा आएको छ। असारमा १०.११ प्रतिशत रहेको चालु पुँजी कर्जाको ब्याजदर साउनमा घटेर ९.८८ प्रतिशत कायम भएको छ।

यस्तै आवासीय कर्जाको ब्याजदर पनि असारको तुलनामा साउनमा घटेको छ। असारमा आवासीय कर्जाको ब्याजदर १०.२८ प्रतिशत रहेकोमा साउनमा घटेर १०.१५ प्रतिशत कायम भएको छ। 

यस्तै रियल स्टेट कर्जाको ब्याजदर पनि असारको तुलनामा साउनमा घटेको छ। ओभरड्राफ्ट कर्जाको औषत ब्याजदर असारमा १०.४५ प्रतिशत रहेकोमा साउनमा घटेर १०.३३ प्रतिशत कायम भएको छ। 

यस्तै सेयर कर्जाको ब्याजदर पनि घट्दो क्रममा छ। असारमा १०.५० प्रतिशत रहेको सेयर कर्जाको ब्याजदर साउनमा घटेर १०.१८ प्रतिशत कायम भएको छ।

साउनमा हायरपर्चेज कर्जाको ब्याजदर पनि १०.३२ प्रतिशतमा आएको छ। अन्य प्रोडक्डको ब्याजदर साउनमा १०.३२ प्रतिशत कायम भएको छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तसम्ममा वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमध्ये आवधिक कर्जामा १६ खर्ब ९२ अर्ब रुपैयाँ, ओभरड्राफ्टमा ८८ अर्ब ८७ करोड रुपैयाँ, क्यास क्रेडिट कर्जामा ५ खर्ब ८८ अर्ब रुपैयाँ लगानी भएको छ।

यस्तै आयात कर्जामा ५६ अर्ब ९८ करोड रुपैयाँ, चालु पुँजी कर्जामा ७ खर्ब १२ अर्ब रुपैयाँ, आवासीय कर्जामा ३ खर्ब १६ अर्ब रुपैयाँ, रियल स्टेट कर्जामा २ खर्ब २४ अर्ब रुपैयाँ, हायरपर्चेज कर्जामा १ खर्ब ७ अर्ब रुपैयाँ, डिप्राइट सेक्टरमा २ खर्ब ६३ अर्ब रुपैयाँ, बिल्स खरिदमा ६ अर्ब ७९ करोड रुपैयाँ र अन्य प्रोडक्टमा ३ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ।


प्रकाशित : बुधबार, असोज २ २०८१०६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend